साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बरू भन्नु नि !

"हेरौंला, कुनै दिन। पियो पियो,मगर होश मे पियो। प्रेम खोले सब द्वार !" सलिमा बिदा भइन्।" गुड्डी, होश गर है ! "प्रोफेसरले विशाल मन बनाएर सोच्यो। मन दूर अतीतमा पुग्यो।

Nepal Telecom ad

धनराज गिरी :

“अङ्कल, म कल गर्छु है, पछि।अहिले काममा छु।” मानस भतिजी सलिमाको मेसेज आएर बसेको रहेछ, इन बक्समा। “हुन्छ छोरी !” प्रोफेसर इमाननारायण परदेशीले उत्तर लेख्यो। तस्मानिया निवासी सलिमा प्रोफेसरलाई आफ्नो अभिभावक मान्छिन्। उनको पनि साहित्यमा रुचि छ। विदेशमा सरस्वतीको भन्दा लक्ष्मीको उपासना बढी गर्नुपर्छ,बाध्यता ।” अनेसास ” ले केही गरेको छ। चुनाव त गर्छ। अरू पनि गरेको छ। गरेकोलाई गरेको पनि भन्नुपर्छ । प्रोफेसरका साथीहरू त्यसमा, एन आर एन एमा पनि। मन साहित्यमय र अनेसासमय भएको बेलामा उसले कृष्ण र गोबर्धन सम्झियो।” आखिर अनेसास पनि त गोबर्धन हो,जहाँ धेरै कुरा धानेर पूजा गर्नुपर्छ।सर्वज्ञ को हुन्छ र ?”

पाँच बज्यो,बेलुकीको।आयो कल सलिमाको। उही “आर्थिक शोषण र उही कीचक सैरन्ध्री ब्लूज !” सलिमालाई केही “अब्यूज” ले निकै कन्फ्यूजमा पारेको रहेछ। बोल्यो प्रोफेसर ।”

छोरी,साहित्य,सिनेमा,स्कूल,कलेज,थेसिस,ट्यूसन, राजनीति आदिमा,निजी जागिरमा पनि, जहाँ पनि जैले पनि फूलहरू सुरक्षित नहुने कुरा,औसत,सत्य हो।यो भाले प्रजाति उदण्ड हो हो।यसमा सन्देह छैन।बाहिर आउन्न।

आएपछि जीवनको लय भत्किन्छ,प्रलय जान्छ।आफू जोगिने हो। कतै कतै दोहोरो चाहनाले काम गरे त्यो जीवनभरि गोप्य रहन्छ,म्यानेजरियल इफिसेयन्सी, इमानदारीपूर्वक गरिने बेइमानी, यो सर्वव्यापी !”

“सुन्नु न अङ्कल, मैले पनि यस्तो भोगेको नि, एक असुर आयो जिन्दगीमा । तर हद पार गरेन। मेरो जुडो कराँते सदुपयोग भएन । माफ गरियो। ब्याड टच हो, मनमा आक्रोश भए पनि, रोकियो । त्यो असुरलाई हजुरले पनि चिन्नुहुन्छ।होइन काकु, बरू भन्नु नि, भने हुन्छ नि ! हाम्रो पनि मन हो। भावना हो। मन जिते त जावो तन के हो र ? खरानी हुने हो आखिर ! जुन ठाँउमा जे गर्ने हो, त्यो ठाँउमा त्यही गर्ने हो।आखिर पोखरीमा माछा खेल्छ। समझदारी त चाहियो नि अङ्कल ! सापटी पनि त मायालाग्दो मान्छेलाई दिइन्छ नि ! होइन र अङ्कल !? हे हे हे, हजुर त फेरि खतरा कथाकार, यही गफलाई कथा बनाउने हो कि ? न लेख्नू ल अङ्कल !”

“बरू भन्नु नि !” यसले अलि हल्लायो प्रोफेसरलाई।” सलिमा, तिम्रो यो, बरू भन्नु नि, ले भित्र भित्र छोयो। हेर, औसत पुरुषले नारीको हरियो बत्ती नदेखी चेष्टा गर्दैन। यो मामिलामा नारीहरू पनि कम छैनन्। भोक्ता म पनि। हतियार जता पनि छ। युद्ध गर्न मन हुन्छ। खैर, यो दुनियाँ हो, अनुशासन अमृत हो। चिट चोर्न पाए पनि न चोर्ने। बरू भन्नु नि, होइन त ?”
“हजुर धेरै बाठो नि ! पवित्र पनि।”

“त्यो त हामी दुई मात्र भएको बेलामा थाहा हुन्छ। बरू भन्नु नि ! भनौली !!”
“हेरौंला, कुनै दिन। पियो पियो, मगर होश मे पियो। प्रेम खोले सब द्वार !” सलिमा बिदा भइन्। “गुड्डी, होश गर है ! “प्रोफेसरले विशाल मन बनाएर सोच्यो। मन दूर अतीतमा पुग्यो।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सल्लाहकारहरू !

सल्लाहकारहरू !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x