साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ प्रविधिको खोजी

यो प्रविधि आइसकेको भए जानकारले मलाई भनिदिनुभए आभार व्यक्त गर्न कन्जुस्याईं कति पनि गर्ने छैन । बरु सिके सिकाए बापत मैले के गर्नुपर्छ पहिल्यै जेन्टलमेण्ड अग्रिमेण्टमा हस्ताक्षर गर्न तयार छु ।

Nepal Telecom ad

अशोककुमार शिवा :

आदिकालमा पत्र लेख्ने लेखिने चलन थिएन रे । कसैलाई केही कुराको जानकारी वा सूचना दिनुपर्‍यो भने भुईंमा वा ढुङ्गामा लेखेर कोरेर वा चित्र बनाएर जानकारी गराउने प्रचलन थियो रे । समय बित्दै जककादा बिस्तारै मानिसहरूले रुखविरुवाको पातमा, केराको पातमा वा वेलपत्रमा लेखेर चरा मार्फत (त्यस्मा पनि विषेश त परेवा मार्फत) प्रेषित गर्ने गर्दथे रे ।

पातमा प्रेषित पत्र बिस्तारै कपडामा लेखेर रोल गरी पठाउन थालियो रे । पत्राचारको सस्थागत सेवा प्रदान गर्ने हेतुले बिस्तारै हुलाक र हुलाकीको व्यवस्था हुन थालेको रे । जबदेखि हुलाक र हुलाकीको व्यवस्था हुन थाल्यो तबदेखि हुलाक मार्फत पत्राचारको प्रथाको सुरुवात भएछ । यसरी पठाउने गरिएको पत्र खुल्ला हुने र अरुले पनि पढ्न सक्ने भएकोले सुरक्षाको दृष्टिकोणले खाम बनाएर खामभित्र पत्र राखेर खामबन्दी गरेर पठाउन थालिएको हुनुपर्छ । हुलाकले दिएको सेवाको मुल्य पत्र पहँुचको दुरी अनुसारको टिकटको व्यवस्था भएछ ।

त्यसपछि मैले बिस्तारै थाहा पाएँ कि मैले पनि पत्राचार हुलाक मार्फत गर्न सक्छु भनेर । आफैले कसैलाई पत्र लेखेको पहिलो अङ्क कुन थियो भन्ने चाहिँ दिमागमा रेकर्ड गर्न छुटेछ । पिताजीको लेखन्दास भएर चाहिँ धेरैवटा पत्रहरू लेखेर हुलाकको ढ्वाँङमा खसालेको छु । त्यस्तै अन्यत्रबाट पिताजीको लागि आएका पत्रहरू हुलाकबाट ल्याएर खाम च्यातेर पत्र निकाली पढेको छु । कहिलेकाहिँ त पत्रको खाम नबिग्रिने गरी कलमको एकछेउले बिस्तारै उप्काएर पढेर पुनः टाँसिवरी दुरुस्त समेत पारेको छु ।

समयको विकाससँगै पत्रहरू डिजिटल बन्दै गए । पत्र मात्रै डिजिटल हैन अब त आम्नेसाम्ने बसेर दोहोरो बात गर्न सकिने गरी प्रविधिको विकास भैसकेको छ । यस्ता सुविधा प्रदायकहरू विभिन्न ब्राण्डका नाम लिएर हात-हातमा मोबाईल मार्फत प्रकट हुन थालेका छन् । कति सजिलो, मोबाईल खोल्यो ट्याकटुक टाइप गर्‍यो फुत्त पार्‍यो अर्कोको अगाडि तुरुन्त पुग्ने । लेखाई, बोलाई र अझ छोटो छोटो भिडियो समेत फुत्त छिराउन सकिने । वाओ, वाओ समय ।

प्रविधि जे जति जस्तोसुकै आउँछ त्यो हरेक इच्छुक र जिज्ञाशुुको पहुँचमा पुगेकै हुन्छ । प्रविधिमा खेल्न जान्नेहरूले यसको भरमग्दुर उपयोग गरेका पनि छन् । कतिले त यसै प्रबिधिलाई रोजिरोटीको माध्यम समेत बनाएका छन् । फेरि पनि मानिस सन्तुष्ट छैनन् र अझै नयकका नयकका प्रविधिको खोजी गरिनै रहेका छन् । मानिसलाई सेवा र सुविधा यति धेरै परिमार्जन गर्न मन छ कि हरेक काम स्वचालित होस् । आफू सधै मोबाईलको स्क्रिनमा रहुँ अनि खानपिनदेखि घरायसी, सामाजिक, साँस्कृतिक, अफिसियल तथा नन्अफिसियल जेसुकै काम पनि स्वाचालित होस् ।

मलाई भने ठुलो कुरा केही चाहिएको छैन । तर, यति भने आजै अहिल्यै चाहियो कि मेसेन्जरको अन्सेण्ड मेसेजमा के थियो ? हेर्ने प्रविधि । यो प्रविधि आइसकेको भए जानकारले मलाई भनिदिनुभए आभार व्यक्त गर्न कन्जुस्याईं कति पनि गर्ने छैन । बरु सिके सिकाए बापत मैले के गर्नुपर्छ पहिल्यै जेन्टलमेण्ड अग्रिमेण्टमा हस्ताक्षर गर्न तयार छु ।

०००
गल्कोपाखा, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x