फित्काैली डटकमभक्तपुरमा सुसेलीकाे भव्य देउसी सम्पन्न
ञ्चका अध्यक्ष रामशरण न्यौपाने सभापति रहेको कार्यक्रमको प्रमुख अतिथिमा चागुनारायण नगरपालिका वडा नं -३ का वडाध्यक्ष श्यामसुन्दर धिमाल हुनुहुन्थ्यो । अतिथिहरू नेपाल सरकारका सचिब मणिराम गेलाल, नेपाल सरकारका सहसचिव भोला धरातल लगायत हुनुहुन्थ्याे ।

भक्तपुर, २०८०कार्तिक २८ । भक्तपुर सुसेली मञ्चको पाँचौ शृङ्खलाको कार्यक्रम महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्ती तथा तिहारको शुभकामना आदानप्रदान र देउसी भैलो, रचना वाचनका साथै विविध मनोरञ्जनात्मक प्रस्तुतिकासाथ सुसम्पन्न भयो ।
मञ्चका अध्यक्ष रामशरण न्यौपाने सभापति रहेको कार्यक्रमको प्रमुख अतिथिमा चागुनारायण नगरपालिका वडा नं -३ का वडाध्यक्ष श्यामसुन्दर धिमाल हुनुहुन्थ्यो । अतिथिहरू नेपाल सरकारका सचिब मणिराम गेलाल, नेपाल सरकारका सहसचिव भोला धरातल, नेपाल सरकारका पूर्व उपसचिव विजय आचार्य, पूर्व जिल्ला समन्वय समितिका सभापति नवराज गेलाल, बयोवृद्व सूर्यकान्त गेलाल, ॠषिराम गेलाल रहनुभएको थियोे ।
यसैगरी स्थानीय किरण गेलाल, रामहरि गेलाल, हरेराम दाहाल, शुसान्त शर्मा, ईश्वर न्यौपाने,बच्चुराम न्यौपाने, भरतप्रसाद गेलाल, गङ्गप्रसाद पराजुली, माया पराजुली, किरणप्रसाद न्यौपाने, राजन पौडेल, गीता दाहाल, जयराम दाहाल, कमला गेलाल, छन्दविज्ञान निरौला, के एल शर्मा, प्रभाकर न्यौपाने, सायरा खतिवडा, स्वीकृति गेलाल, नरेन्द्र खनाल, सुरेन्द्र खतिवडा, सीताराम दाहाल, विजयप्रसाद आचार्य, राजाराम गेलाल, सन्तोष गेलाल, श्यामप्रसाद गेलाल, गोकर्णप्रसाद दाहाल, केशवप्रसाद गेलाल, नवराज दाहाल जुझारु, कृष्णहरि गेलाल, राजकुमार दाहाल, पर्शुराम दाहाल, सहदेव गेलाल, के पी दाहाल, कमला दाहाल सहभागी हुनुहुन्थ्याे ।
यसैगरी दधिराम गेलाल, केशवचन्द्र न्यौपाने, शङ्करप्रसाद गेलाल, सत्यराम गेलाल, लालबहादुर भुजेल, कृष्णराम धिमाल, मिठ्ठाराम गेलाल, गोकुलराम गेलाल, ओजस्वीनिधि न्यौपाने, शेरबहादुर खाती, राममणी ढुङ्गेल, केशवराज खनाल, अमित न्यौपाने, जानकी तिमल्सिना, सरिता गेलाल, बालकृष्ण न्यौपाने, केशवप्रसाद रुपाखेती, रमेशप्रसाद न्यौपाने, श्रीकृष्ण गेलाल, पवित्रा गेलाल, शारदा गेलाल लगायत ठूलो सङ्ख्यामा उपस्थित भएर कार्यक्रमलाई उर्जा प्रदान गर्नुभएको थियोे ।
कवि, कलाकारहरू शालिकराम दाहाल, सायरा खतिवडा, स्वीकृति गेलाल, छन्दविज्ञान निरौला, शुभम सापकोटा, साम्भवी सापकोटा, साम्भव सापकोटा, दिनेश दाहाल, केशव लुइँटेल, राममणी ढुङ्गेल, लालबहादुर भुजेल, सहदेव गेलाल, पर्शुराम दाहाल, जमुना दाहाल, कमला गेलाल, रमेश न्यौपानेले देउसी र देवकोटा सम्बन्धि रचना प्रस्तुतिले भरपुर मनाेरञ्जन दिएको थियो ।
डिल्लीप्रसाद मूलतिहुनको बगैंचा नेपालको प्राङ्गण गेलाल गाउँमा भएको उक्त कार्यक्रममा देउसी समेत खेलिएको थियो । देउसीमा प्रमुख अतिथि श्यामसुन्दर धिमाल, मणिराम गेलाल, कृष्णहरि गेलाल, केशव रुपाखेती, रामशरण न्यौपाने, टंकप्रसाद दाहाल, सुरेन्द्र खतिवडा, राजन खतिवडा, केशव न्यौपाने, नवराज गेलाल, वृषमान गुरुङ, कृष्णप्रसाद भण्डारी, प्रभाकर न्यौपाने, दधिराम गेलाल, हरेराम दाहाल, दिनेशकुमार दाहाल, नारायणप्रसाद न्यौपाने, भरत गेलाल, गोकर्ण दाहाल, नरेन्द्र खनाल, केशव गेलाल, जयराम दाहाल, शिवराम गेलाल, शान्ता गेलाल, रामचन्द्र बास्तोला, रामकुमार खतिवडा, पवन पौडेल, बालकृष्ण न्यौपाने, रन्जन घिमिरे, बच्चुराम न्यौपाने, हरिवंश गेलाल, सहदेव गेलाल, श्यामप्रसाद गेलाल पसले, केशव खनाल, ॠषिराम गेलाल, भोला दाहाल धरातल, सावित्री गेलाल, श्रीराम न्यौपानेले र डिल्लीप्रसाद मूलतिहुन सहितबाट देउसीमा कुल २३६१० तेईस हजार छ सय दस रुपैयाँ प्राप्त भएको थियोे ।
प्रमुख अतिथि श्यामसुन्दर धिमालले सुसेली मञ्चले अत्यन्तै राम्रो कार्य गरेको र गरिरहनेछ भन्ने विस्वास लिएको उल्लेख गर्दै आफ्नो रचना वाचन सहित शुभकामना व्यक्त गर्नुभएको थियोे । सभापति रामशरण न्यौपानेले सबैलाई धन्यवाद दिँदै महाकवि देवकोटाप्रति रचना मार्फत श्रद्धाञ्जली सहित कार्यक्रम समापन गर्नुभएको थियोे ।
कार्यक्रममा कृष्णहरि गेलाल, जयराम दाहाल, टिकाराम गेलाल र सन्तोष गेलालले कार्यक्रममा आवश्यक सामग्री चिया, खाजा, पानी, सुकुल, पाल, कुर्सी, टेवल, स्पिकर लगायत सामान उपलब्ध गराउन ठूलोसहयोग पुर्याउनु भएको थियोे । कार्यक्रम मञ्चका सचिव डिल्लीप्रसाद मूलतिहुनले सञ्चालन गर्नुभएको थियोे ।
०००
डिल्लीप्रसाद मूलतिहुनद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































