साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यशस्वी साहित्यकार रमेश विकलको ९५ औँ जन्मजयन्तीमा विशेष कार्यक्रम

तिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरेको सभापतित्व तथा संघीय सांसद सन्तोष चालिसेको प्रमुख आतिथ्यमा प्रतिष्ठानकै आफ्नो भवन आरूबारीमा सम्पन्न भएकाे हाे ।

Nepal Telecom ad

काठमाडाैं, ०८० कार्तिक २७ । यशस्वी साहित्यकार रमेश विकलको ९५ औँ जन्मजयन्तीका अवसरमा रमेश विकल साहित्य प्रतिष्ठानद्वारा आयोजित एक विशेष कार्यक्रममा उनको कलाकारिता बारे चर्चा गरियो।

प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरेको सभापतित्व तथा संघीय सांसद सन्तोष चालिसेको प्रमुख आतिथ्यमा प्रतिष्ठानकै आफ्नो भवन आरूबारीमा सम्पन्न भएकाे हाे ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसाल, प्रतिष्ठानका उपाध्यक्ष तथा वरिष्ठ कलाकार के.के.कर्माचार्य र अर्का वरिष्ठ कलाकार मुकेश मल्ल तथा प्राज्ञ हेमराज पौडेल, विराट साहित्य सङ्गमका अध्यक्ष रामबाबु दाहाल लगायत वरिष्ठ साहित्यकारहरू तथा अन्य साहित्यप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सन्तोष चालिसेले आफ्नो क्षमताले भ्याएसम्म साहित्य र कलाको क्षेत्रमा सक्दो योगदान गर्न तयार रहेको बताए । प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेले रमेश विकल एक सफल कलाकार समेत रहेको बताए । कार्यक्रममा वरिष्ठ कलाकारद्वय के.के.कर्माचार्य तथा मुकेश मल्लले साहित्यकार रमेश विकलको कलाकारिता बारेमा प्रकाश पारेका थिए।

कार्यक्रममा नगरप्रमुख दीपककुमार रिसाल, रामबाबु दाहाल, वेदमणि घिमिरेले आफ्नो मन्तव्यमा रमेश विकलका बहु आयामिक व्यक्तित्वमाथि प्रकाश पारेका थिए।

कार्यक्रममा कविहरू ओमप्रसाद कोइराला तथा मुकुन्द आचार्यले कविता पनि वाचन गरेका थिए। प्रतिष्ठानका अर्का उपाध्यक्ष हेमराज पौडेलले स्वागत मन्तव्य राखेका थिए भने प्रतिष्ठानका महासचिव विजय चालिसेले धन्यवाद ज्ञापन गर्दै प्रतिष्ठानको अवस्था, समस्या र भावी कार्यक्रमका बारेमा प्रकाश पारेका थिए।

०००
– निर्मल अर्यालद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x