साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाेजपुरमा हास्यव्यङ्ग्य कृति ‘खाइराइड’ माथि परिचर्चा कार्यक्रम

सिद्धेश्वर मावि, दावाँको सभा हलमा त्रिवेणी साहित्य प्रतिष्ठान, भोजपुरका अध्यक्ष सुवास विभास श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम जिल्ला समन्वय समिति, भोजपुरका प्रमुख कमल थुलुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

Nepal Telecom ad

भाेजपुर, ०८० कार्तिक । ११५ औं लक्ष्मी जयन्तीको अवसरमा त्रिवेणी साहित्य प्रतिष्ठान, भोजपुरको आयोजनामा २०८० साल कार्तिक २६ गते राजेन्द्र कार्कीद्वारा लिखित हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह खाइराइडमाथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । साथै, कार्यक्रममा विभिन्न कविबाट कविता पनि वाचन गरियो ।

कार्यक्रम सिद्धेश्वर मावि, दावाँको सभा हलमा त्रिवेणी साहित्य प्रतिष्ठान, भोजपुरका अध्यक्ष सुवास विभास श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम जिल्ला समन्वय समिति, भोजपुरका प्रमुख कमल थुलुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । प्रतिष्ठानका सचिव घमचन्द्र दाहालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष शरण खत्री मृदुलुले राजेन्द्र कार्कीको बाल्यकाल, शिक्षा, जागीर, व्यक्तित्व र कृतित्वमाथि बोल्नु भएको थियो ।

प्रतिष्ठानकी कोषाध्यक्ष कमला प्रधानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्व, कृतित्व र जीवनीमाथि प्रकाश पार्नुभएको थियो ।

उक्त कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार एवम् साहित्यकार गणेश श्रेष्ठ ‘विप्लव’ले कार्कीको ‘खाइराइड’ हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रहको परिचर्चा गर्नु भएको थियो । उहाँले नेपाली हास्यव्यङ्ग्यको सिद्धान्त र इतिहासको वर्णन गर्दै निबन्धकार कार्कीले नेपाली हास्यव्यङ्ग्य लेखनको राजनीति केन्द्रित परम्परालाई परिवर्तन गर्दै सामाजिक र अन्य विषयमा पनि केन्द्रित गर्नुभएको उल्लेख गर्नुभयो ।

काव्यिक अनुप्रास, उखान-टुक्का,गीत, कविताको प्रयोग गरी निबन्धलाई मीठासपूर्ण र पाठकको चित्ताकर्षक बनाउनु उहाँको चातुर्यता हो भन्नुभयो । सरल र आम लेखकहरूले नदेखेका/नलेखेका विषयलाई उठाएर विशिष्ट, रमाइलो, ठट्यौलो र रोचक पाराले प्रस्तुत गर्नु कार्कीको हास्यव्यङ्ग्य निबन्ध लेखनको प्रमुख विशेषता रहेको उहाँले बताउनुभयो । पढ्न थालेपछि पढिरहुँ लाग्ने , पाठकको मनलाई आल्हादित बनाउने, राजनीतिक, सामाजिक, साँस्कृतिक विकृति, जातीय विभेदलाई मूल बिषयबस्तु बनाउदै निर्माण भएको उहाँको हास्यव्यङ्ग्य निबन्धकारिता वास्तवमै लोभलाग्दो र उत्कृष्ट रहेको पनि परिचर्चाकार श्रेष्ठले प्रष्ट पार्नुभयो । साथै कुनै कुनै निबन्ध बाहेक अधिकांश निबन्धहरू हास्यव्यङ्ग्यको सैद्धान्तिक पथमै हिँडेको कुरा अवगत गराउनु भयो ।

यसैगरी कार्यक्रमका अर्का बक्ता प्रमुख अतिथि कमल थुलुङले लेखक जन्मे हुुर्केकै भूमिमा उहाँको कृतिको परिचर्चा कार्यक्रम हुनु र दिनप्रतिदिन कृतिको ख्याती बढ्दै जानू समग्र दावाँ, भोजपुर र हास्यव्यङ्ग्य निबन्ध साहित्यका लागि नै सुखद र गौरवको बिषय रहेको प्रसंग उल्लेख गर्नुभयो ।

सो अवसरमा भोजपुरका सर्जकहरू अमृका ताम्राकार, संग्राम राई, कमला प्रधान, अविनास राई, टंकराज खड्का, शरण खत्री ‘मृदुल’ लगायतले सिर्जना वाचन गर्नुभएको थियो भने कविता प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीहरू क्रमश: दिवाकर दाहाल, विशाल कार्की, मुनाबुङ राई, ममता बिसुङ्खे र दिवेश जोगीलाई कार्यक्रमका अध्यक्ष एबं प्रमुख अतिथिद्वारा पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा सिद्धेश्वर माविका प्रअ सुवासचन्द्र दाहाल, पूर्व स्रोतव्यक्ति तथा शिक्षक टेकबहादुर खड्का, विद्यालयका पूर्व अध्यक्ष हरिबहादुर खड्का, भोजपुर बहुमुखी क्याम्पसका उप प्राध्यापक सरन राई लगायत स्थानीय समाजसेवी, शिक्षक, बुद्धिजीवी एबं विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

०००

– भाेजपुरबाट शरण खत्रीद्वारा सम्प्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x