बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

साहित्यकार शान्तदास मानन्धर हामीबीच रहनु भएन

‘जगदम्बा-श्री’ बाट सम्मानित साहित्यकार मानन्धरको बल्खुस्तिथ वयोधा अस्पतालमा निधन भएकाे हो ।

Nepal Telecom ad

काठमाडाैं, ०८० कार्तिक २८ । साहित्यकार शान्तदास मानन्धरको आज निधन भएको दु:खद खबर छ । २०७४ सालमा ‘जगदम्बा-श्री’ बाट सम्मानित साहित्यकार मानन्धरको बल्खुस्तिथ वयोधा अस्पतालमा निधन भएकाे हो ।

मानन्धर केही समयबाट हर्नियाबाट पीडित हुनुहुन्थ्यो । वयोधा अस्पतालमा उपचार गराउँदै आउनुभएको उहाँको सोही अस्पतालमा ८९ वर्षको उमेरमा निधन भएकाे हो ।

मानन्धरकाे अन्तिम दाहसंस्कार कार्तिक २९ गते पशुपतिस्थित विद्युती शव दाहगृहमा गरिएकाे पारिवारिक स्रोतले जनाएकाे छ ।

बाल साहित्यको विकास, विस्तार तथा प्रवर्द्धनमा निरन्तर समर्पित मानन्धर ‘बालपाेष’, ‘बालकाेसेली’, ‘मचाक्यब:’ बाल पत्रिकाका प्रकाशक तथा सम्पादक हुनुहुन्थ्यो । उहाँका मरुभूमिमा एक राज्य, बसिबियाँलो, कथाकोसेली, पानीको कथा, हाम्रा बालबालिकाहरू र बालसाहित्य , चार डाला नाकलगायत बालकृति प्रकाशित छन् ।

श्रद्धेय मानन्धरप्रति सादर शब्द श्रद्धा ।

०००

Fitkauli Publication Books comming soon
Nepal Telecom ad