मातापिता प्रतिष्ठान स्याङ्जाको प्रवचनात्मक बृहत् भेला
मातापिता प्रतिष्ठानका अध्यक्ष श्यामप्रसाद ढुङ्गानाको अध्यक्षता, नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङको प्रमुख आतिथ्यमा सञ्चालन भएको हाे ।
वालिङ नगरपालिकाको विशेष सहयोगमा मातापिता प्रतिष्ठानले आफ्नो स्थापनाको पहिलो चरणमा मिति २०८० कार्तिक १८ गते शनिबार वालिङ- ८, सिटीहलमा प्रवचनात्मक बृहत् भेला सभ्य र भव्य रूपमा सम्पन्न गरेको छ ।
मातापिता प्रतिष्ठानका अध्यक्ष श्यामप्रसाद ढुङ्गानाको अध्यक्षता, नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङको प्रमुख आतिथ्यमा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथीय मन्तव्य राख्दै प्राज्ञ डा. जगमान गुरुङले नेपाली संस्कृतिमा विशिष्टता रहेको कुरा व्यक्त गर्नुभयो । वहाँले वर्तमान समयमा अत्यन्त खडकीएको मातृपितृ भक्तिमा आधारित कार्यक्रमहरु सञ्चालन गर्न यो प्रतिष्ठान सक्षम हुनेकुरा व्यक्त गर्नुभयो ।
कार्यक्रमका अर्का प्रवचनकर्ता प्रा. डा. जगन्नाथ रेग्मीले शास्त्रीय प्रमाणहरुका साथमा मातापिताको महŒवमाथि प्रकाश पार्नुभयो । यसै गरी अर्का प्रवचनकर्ता चैतन्य कृष्णजीले संस्कार र वैज्ञानिक सोचयुक्त बालबालिका तयार गर्न यस्ता प्रतिष्ठानले निरन्तर कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रमका विशिष्ट अतिथि अर्थविकास समिति गण्डकी प्रदेशका सभापति माननीय भोजराज अर्यालले कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न गरेकामा आयोजकलाई धन्यवाद दिँदै नैतिक शिक्षामा जोडदिनुपर्ने कुरा बताउनुभयो ।
कार्यक्रममा माननीय कल्पना तिवारी, स्याङ्जाली साहित्यका धरोहर देवीप्रसाद वनवासी, प्राज्ञ विशिष्ट विद्वान तेजप्रसाद काफ्ले, वालिङ नगरपालिका नगर प्रमुख कृष्ण खाँण, उपमेयर कविता तिवारी, विभिन्न राजनीतिक व्यक्तित्वहरू, वालिङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, डा. अच्युतशरण अर्याल, जनप्रतिनिधिहरू, वालिङ नगरभित्रका वालिङ बहुमुखी क्याम्पस लगायत सम्पूणर् क्याम्पसका अध्यक्ष, प्राचार्य तथा प्राध्यापकज्यूहरु, सरकारी तथा निजी विद्यालयका प्रअ. तथा शिक्षकशिक्षिकाज्यूहरु, गरिमा विकास बैङ्क लगायत नगरभित्रका सम्पूणर् बैङ्क तथा वित्तिय संघसंस्थाका अध्यक्ष, प्रबन्धक लगायत सम्पूर्ण सदस्यहरू, विभिन्न आमा समुह, युवा क्लबहरु तथा सम्पूणर् स्थानीय संघसंस्थाका अध्यक्ष पदाधिकारी तथा सदस्यज्यूहरु, विभिन्न सञ्चार माध्यमका पत्रकारज्यूहरु, आमाबुबा, दाजुभाई, दिदीबहिनी तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा राष्ट्रियगान, स्वागत नृत्य, अतिथिलाई स्वागत नगरप्रमुखबाट र स्वागत मन्तव्य कार्यक्रम संयोजक प्रदीप बगालेले गर्नुभएको थियो । सरस्वतीको तस्विरमा माल्यार्पण सहित दीप प्रज्वलन गरी कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्वले उद्घाटन गरेको उक्त कार्यक्रममा उद्घाटनसँगै स्वस्ति वाचन धु्रवराज उपाध्याय, कृष्ण तिवारी, कृष्ण अर्यालले गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव भरत बगालेले गर्नुभएको थियो । साहित्यकार, स्थानीय बुद्धिजीवीहरू, जनप्रतिनिधिहरू र स्थानीयवासीहरूको बाक्लो उपस्थितिमा कार्यक्रम अत्यन्तै भव्य र सभ्य रूपमा सम्पन्न भएको थियो । यसै गरी कार्यक्रमलाई थप रोचक बनाउन पूणर्ामृत भवानी माध्यमिक विद्यालयका विद्यार्थीहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
०००
– श्याम ढुङ्गानाद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest