साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मास्साहबको उन्मुक्त हाँसो

यसपछि उत्तर के थियो केही सुन्न पाइन्न मास्टर साहस पेट बाउँडिने गरी यस्तरी हाँस्नु भो कि वरिपरि बस्नेहरूलाई नै अप्ठेरो भो ।

Nepal Telecom ad

होम सुवेदी :

२०२९ देखि २०३९ सम्मको कमल बाबु र वासुदेव मास्टर साहेबको कारिन्दो म । यस अवधिका सम्झिसक्ने सम्झिनसक्ने कति कुरा छन् छन् दिमागमा । तिनमध्येको वासुदेव लुइँटेल जसलाई प्रेसका कर्मचारी, टाइपफाउन्ड्री र पुस्तकालयका हामी सबै कर्मचारी मास्साहब भन्थ्यौँ उहाँले आँसु निकाली निकाली हाँसेका दुई घटना म झलझली सम्झन्छु ।

माड्साब वासुदेव शर्मा लुइँटेल

३१ साल मुङ्सिरको कुरा हो । जाडो खुब थियो । एक दिन के मुड आएर हो मास्साहबलाई हामी केही कर्मचाररूलाई सिनेमा देखाउने सुर चढेछ । त्यो बेला पाटनढोका निरको सिनेमाहल (त्यसको नाम भुलेँछु) मा चलेको थियो ‘कोराकागज’ भन्ने हिन्दी सिनेमा । सिङ्गो पाटन बजारभरि एक सिनेमा हल थियो अनि काठमाडौंमा दुईटा मात्र ।

कुनै बेला सिनेमाहल कुन सहरमा कति छन् भनेर पनि सहरको उच्चाइ नापिन्थ्यो । म बनारसमा पढेको र भर्खर काठमाडौं आएको मान्छे । वनारस ३३ ओटा सिनेमा हल भएको सहर तर यत्रो राजधानी काठमाडौँमा भने तीन ओटा सिनेमा हल मात्र ! भनेर हामी थकथकाउँथेँ ।

अँ हामी बार बजेको सिनेमाको सो हेर्न गयौँ । म, मास्साब, गणेश कम्पोजिटर, बलराम साहुजी लगायत अरु केही साथीहरु पनि थियौँ । सिनेमा सुरु भो । उ बेलाका सिनेमाहरूमा एक जोडी नायक नायिका एक थान भिलेन, एक जोडी सहनायक सहनायिका र एक थान विदूषक हुनै पर्ने । यो पूर्वीय नाट्यसिद्धान्तकै छेउछाउको प्रविधि हो ।

नायकसम्म सम्झन्छु । भिलेनको थियो सायद प्राण वा प्रेम चोपडा ता हो नि उ बेलाको भिलेन भनेको । यस सिनेमामा थिए थिएनन् थाहा भएन । गायक किशोरकुमारका भाइ थिए हिरो । अरु भिलेनबाहेक कोको थिए थाहा भएन अहिले । सिनेमा अहिले पनि छँदैछ होला हेरे भैइहाल्छ । हास्य कलाकारमा कि मेहमुद कि असरानी कि मुकरी वा यस्तै कोही हुनु पथ्र्यो ।

सिनेमा सुरु भो । चाख मानेर हेर्न थालियो । केशवराज पिँडालीको ‘अन्तदेखि सुरु’ उपन्यास जे हो कथा त्यही हो । यो सिनेमा पछि यो उपन्यास छापिएकोले यही सिनेमा हेरेर पिँडालीले यो उपन्यासको कथा चोरेछन् भनेर मैले लेखेको पनि छु । अनि त्यसै उपन्यासलाई ‘जीवन रेखा’ भन्ने सिनेमा पनि बनाइयो ।

सिनेमामा भित्रको कथामा कुनै कार्यक्रम हुँदैछ । सो कार्यक्रममा आउने पाहुनाको स्वागत गर्न राखिएको छ हास्य कलाकारलाई । हामी हेर्दैछौँ । आफ्नो परिचय दिँदै र पाहुनाको परिचय लिँदै सो हास्यकलाकार वा विदूषकले पाहुनाहरुलाई स्वागत गर्दैछ । अलेलि हाँस्ने खुराक पनि दिँदैछ । यसै बेला उसले एक जोडीको स्वागत गर्छ, आफ्नो परिचय दिन्छ नवागन्तुकलाई सोध्छः
“आप का नाम ?”
उत्तर मिल्छ ।
“आप की पत्नी का नाम ?”
उत्तर पाउँछ
“आप की बेटी का नाम ?”
उत्तर पाउँछ ।
“आपलोगोँ की सादी हुई ?”
यसपछि उत्तर के थियो केही सुन्न पाइन्न मास्टर साहस पेट बाउँडिने गरी यस्तरी हाँस्नु भो कि वरिपरि बस्नेहरूलाई नै अप्ठेरो भो । त्यो दृश्यका साथ हाफ टाइम हुनै लागेको थियो । हाफ टायम भएपछि तिमीहरू सबै हेरिसकेर आउनु म जान्छु भन्दै उहाँ निस्कनुभो ।
मास्टर साहबको यो उन्मुक्त हाँसो थियो ।
अर्को यो भन्दा जोडको पुर्लुक्क हुने गरी आँसु पुछी पुछी हाँसेको हाँसो पनि छ । त्यो पछि लेखूँला ।

०००
भद्रपुर, झापा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
हरि ॐ सत्ता सह नौ भुनक्तु

हरि ॐ सत्ता सह...

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
0
Would love your thoughts, please comment.x
()
x