सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ह्याप्पी बड्डे हनुमानजी

अरुको भाँडमै जाओस् आफ्नो बेडा तार जता जान मन छ उतै खुट्टा फार मौका यही हो आफ्नो भार उतार सबै थोक गर है छर है आफ्नो गोजेरो भर है शुभकामना हनुमानजी ह्याप्पी बड्डे हनुमानहरू ।

Nepal Telecom ad

होम सुवेदी :

सम्पूर्ण हनुमानहरू
आजको
तिम्रो जन्मजयन्तीमा
बधाईं भन्न चाहन्छु
जे भेट्छौ
गिजोलगाजल गर
मिलेका कुरा
छिरोल
शान्ति भङ्ग गर
खाने खाऊ
नखाने फाल
धुरीमा चढ्न फिरी छ
तिम्रै थाप्लामा सिरी छ
जे गर्न मन छ गर
जे छर्न मन छ छर
ओल्लो कित्ताबाट
पल्लो कित्ता सर
च्यातचुत पार
पाक्नु परेन
काँचै दाह्र
जे भेट्छौ सब झार
अरुको भाँडमै जाओस्
आफ्नो बेडा तार
जता जान मन छ
उतै खुट्टा फार
मौका यही हो
आफ्नो भार उतार
सबै थोक गर है
छर है
आफ्नो गोजेरो भर है
शुभकामना हनुमानजी
ह्याप्पी बड्डे हनुमानहरू ।

०००
भद्रपुर, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल