साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खै उज्यालो कहाँ छ ?

कति दिन गफ सुन्ने, भोटदाता अनाथ । करचर कति चुन्ने कीट छन् नग्न नाथ ।। अझ पनि खल- भेडा, मात्र बाख्रा र बोका - सरह, जन ठम्यायाै क्या दियाै जीर्ण धाेका ।।

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

दिवस कति मनायौ खै उज्यालो कहाँ छ ?
विवश सब बनायाै छैन क्यै याेजना त ।।
अझ पनि श्रम गर्ने, खै त उद्योगशाला ।
दिनदिन परदेशी, बन्नु पर्दैछ हाला ।। १।।

गरम – नरम बोली काम केही हुँदैन ।
जनमन कति रुन्छन् शीर्षलाइ छुँदैन ।।
सररर कति मीठो घोषणा-पत्र- भाषा ।
महँगी र घुसखोरी राज्य नै भो तमासा ।। २।।

जतिजति कवि लेख्छन् व्यन्जना काव्य मीठा ।
उतिउति अगुवाले मान्छ टर्रा र पीरा ।।
दिवस किन मनायौ के छ औचित्य बाेल ?
नयनभरि बहेका आँसुकाे छैन माेल ।।३।।

धनपति यशशाली, मात्र नेता भए’छि ।
‘दिवस’ विवश बन्छन् लोकतन्त्रै मरे’छि ।।
किन दिवस मनायौं ? के भयो क्रान्ति हाम्रो ? ।
गुन अब अबिरे हो, रात उस्तै नराम्रो ।। ४।।

धनपति शवजस्ता तुच्छ सामन्त बानी ।
वचन – मधुर धेरै मात्र गर्दैछ हानि ।।
दिवस तब मनाऔँ, हुन्छ जो नव्य क्रान्ति ।
विवश जनमनैमा, छर्नु के घाेर भ्रान्ति ।। ५।।

कति दिन गफ सुन्ने, भोटदाता अनाथ ।
करचर कति चुन्ने कीट छन् नग्न नाथ ।।
अझ पनि खल- भेडा, मात्र बाख्रा र बोका –
सरह, जन ठम्यायाै क्या दियाै जीर्ण धाेका ।। ६।।

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x