साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कमरेड महाकवि देवकाेटा जिन्दावाद !!

मदन गाेरे तिप्लिङ्गी जस्ता सर्वहारा पात्र किन छान्थे ? अमेरिका नगएर रुस किन जान्थे ? फाेटाेमै भए पनि हँसिया हथौडाकाे झन्डा ओढाएर भन्नुपर्छ महाकवि कमरेड देवकाेटा जिन्दावाद !!

Nepal Telecom ad

हाेम सुवेदी :

सानैदेखि
सर्वहारा थिए
गरिब थिए
गरिब हुनु त हाे कमरेड हुनु
रुसमा गएका थिए
रुसमा जानु त हाे कमरेड हुनु
कमरेड नभएका भए
अमेरिका जाँदा हुन्
कमरेड नभएका भए
बेलायत जाँदा हुन्
तासकनमा गएका थिए
गरिब र सर्वहारा थिए
अनि उनी कमरेड नभए काे हुन्छ ?
उनलाई अरू कसले छुन्छ ?
उनी हाम्रा कित्ताका हुन्
सय बित्ताका हुन्
अर्काे खेमाका हुन् भनेर हुन्छ ?
हाम्रै भित्ताका हुन्
जे लेखेका छन्
कमरेडले लेख्ने लेखेका छन्
साम्यवाद देखेका छन्
गरिब ता
कवितै लेखेका छन्
गरिब कविता लेख्ने
कमरेड नभए काे हुन्छ ?
उनका फाेटाेमा अब
हँसिया हथौडा पनि हुनु पर्छ
कमरेड देवकाेटा भन्थे
उडेर चन्द्रमा छुनुपर्छ
उतिबेलै कमरेडले
रुसकाे स्पुतनिकमा चढेर
चन्द्रमा छाेएका हुन्
अब देवकाेटा
कमरेड नभएर के हुन् त !
कमरेड हुन चाहिने
बन्दाेबस्तीका साधन उनीसँग थिए
सबैले
उनी कमरेड महाकवि हुन् भन्ने
जानेका थिए
साङ्कृत्यायनले नै मानेका थिए
सबै नेपालीकाे सर्वहारा साहित्य
उनले एक्लै धानेका थिए
सर्वहारा नभए
मदन गाेरे तिप्लिङ्गी जस्ता
सर्वहारा पात्र किन छान्थे ?
अमेरिका नगएर रुस किन जान्थे ?
फाेटाेमै भए पनि
हँसिया हथौडाकाे झन्डा
ओढाएर भन्नुपर्छ
महाकवि कमरेड देवकाेटा
जिन्दावाद !!
कमरेड देवकाेटा
जिन्दावाद !!

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x