साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्र आरती

स्वामी हुन्छन् अति नामी तिम्रो आतरी त्याग्ने सब हुन् प्रतिगामी ॥ नेपाल क्वाप्पम् करुणावतारम् स्वाहा स्वधा भो गणतन्त्र हारम् बसेर लुट्छौ दरबार भित्रे गणाय तन्त्रम् च सदा नमामि ॥ इति गणतन्त्र आरती

Nepal Telecom ad

होम सुवेदी :

ॐ श्री गणतन्त्र हरे स्वामी श्री गणतन्त्र हरे
आठ वर्ख नन्वाई लँगौटीमा जुम्रा परे ॥
ॐ श्री गणतन्त्र हरे ॥

देश बनाउन खातिर कति कति धेर मरे
स्वामी कति कति धेर मरे
प्रभुका चरण उपासक कति कति पार तरे ॥
ॐ श्री गणतन्त्र हरे ॥

अर्थ लिई लिई भारहरुले हाम्रो राष्ट्र चरे
स्वामी हाम्रो राष्ट्र चरे
देश बनाउन भन्दै तिनले अतिचार गरे ॥
ॐ श्री गणतन्त्र हरे ।

प्रभुका सेवक चाकर हुन्छन् अति नामी
स्वामी हुन्छन् अति नामी
तिम्रो आतरी त्याग्ने सब हुन् प्रतिगामी ॥
ॐ श्री गणतन्त्र हरे ॥

नेपाल क्वाप्पम् करुणावतारम्
स्वाहा स्वधा भो गणतन्त्र हारम्
बसेर लुट्छौ दरबार भित्रे
गणाय तन्त्रम् च सदा नमामि ॥
इति गणतन्त्र आरती

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
मौसमी भमरा र जनताको आँगन

मौसमी भमरा र जनताको...

नन्दलाल आचार्य
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
जहाँ छन् गिद्धका आँखा

जहाँ छन् गिद्धका आँखा

डा. बमबहादुर जिताली
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x