साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लौ बोल सत्य !

... सात बर्षपछि, अलग अलग शहरमा दुईको नै अलग अलग परिवार, पहिलो पहिलो प्रेमिका र प्रेमीसित । उनीहरूको भेट कहिल्यै पनि भएन । किन कि दुईको जोडी नै जापान र अमेरिका ।

Nepal Telecom ad

धनराज गिरी :

…लभ भयो । सामान्य कुरा । कुनै नौलो घटना थिएन । एम ए सेकेन्ड एयरमा । विमर्श र विचारकुमारी शर्माको । केटोको नवौं र केटीको एघारौं छनोट थियो । यो कुरा पनि खोले । सुदर्शन र प्रियदर्शिनी । पढाइ पूरा, नोकरी जोइन र बने दुलहा दुलही, विमर्श धनी बाउको छोरी, विचार नानी पनि खानदानी, तर नोकरी गरे । “केही पनि झूट नबोल्ने कसम खाए ।” विमर्श केही दिनको लागि अलि परको यात्रामा निस्कियो । १७ दिन । फर्कियो । तर अलि डराए जस्तो, कता कता हराएजस्तो । सत्य बोल्ने कसम जो खाएको छ । पत्नीले अलिकति खोतलेपछि ओकल्यो, “प्यारी, एक २५ बर्षीय एकल युवतीको रहर पूरा गर्न विवश भएँ । उपकार भयो कि पाप ?”

“ह्या, यति सानो कुरामा पनि उदास !” विचारले आफ्नो तर्क राखी । “थ्यग बचभ नचभबत मबचष्लिन !” अङ्कमाल गरेर चुम्बन उपहार दियो । पत्नी सहज बनिन् ।
००
केही बर्ष बिते । फेरि विमर्श केही दिन बाहिर जान विवश । २२ दिनपछि घर आयो । “आर्यपुत्र, म पनि हजुरजस्तै उपकार गर्न विवश भएँ । एक एकल पुरुष पाहुना हुन आए । मन थामिएन !” बोलेन विमर्श । अर्को दिन, गायब विमर्श । विचारले आफ्नो कुरा सहेली कैकेयीलाई बताइन् । “लौ बोल सत्य !” कैकेयीको उत्तर ।

… सात बर्षपछि, अलग अलग शहरमा दुईको नै अलग अलग परिवार, पहिलो पहिलो प्रेमिका र प्रेमीसित । उनीहरूको भेट कहिल्यै पनि भएन । किन कि दुईको जोडी नै जापान र अमेरिका ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x