साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन खोइरो

बाँदरले हाम्रो भाग्य चिथरेको छ बाँदरले हाम्रो भविष्य निमोठेको छ बाँदरले गर्दा गाउँ छोड्नु परेको छ बारी बाँझो राखेर माग्दै हिँड्नु परेको छ ।

Nepal Telecom ad

भोलानाथ सुवेदी :

किन खोइरो खन्नु हुन्छ महोदय,
रुख काटेको हो
बाँदर काटेको होइन
त्यो रुख तपाईंंले रोपेको पनि होइन
त्यो रुख मैले रोपेको पनि हैन
त्यसमा तपाईंंको पनि हक छैन
मेरो पनि हक छैन
हाम्रो हक नभएपछि
त्यो बाँदर बस्ने कुरो हुँदैन
किन खोइरो खन्नु हुन्छ महोदय
भोट मागेको बाँदर लखेट्न हो
बाँदरले धेरै सताएपछि
रुख काट्ने नै हो
बाँदर मास्ने नै हो
बाँदरले हाम्रो भाग्य चिथरेको छ
बाँदरले हाम्रो भविष्य निमोठेको छ
बाँदरले गर्दा गाउँ छोड्नु परेको छ
बारी बाँझो राखेर माग्दै हिँड्नु परेको छ
बाँदरले पुच्छर ठाडो पारेर
राँके जुलुस लगाएको छ
हाम्रो पौरखलाई गिज्याएको छ
बाँदर उग्र भएपछि के गर्नु महोदय
बाँदरको पुच्छर काट्न सकिएन
रुख काट्नु परेको छ ।

०००
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सालो किन करायो

सालो किन करायो

भोलानाथ सुबेदी
परान गो

परान गो

भोलानाथ सुबेदी
ओल्ड इज गोल्ड

ओल्ड इज गोल्ड

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x