साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन खोइरो

बाँदरले हाम्रो भाग्य चिथरेको छ बाँदरले हाम्रो भविष्य निमोठेको छ बाँदरले गर्दा गाउँ छोड्नु परेको छ बारी बाँझो राखेर माग्दै हिँड्नु परेको छ ।

Nepal Telecom ad

भोलानाथ सुवेदी :

किन खोइरो खन्नु हुन्छ महोदय,
रुख काटेको हो
बाँदर काटेको होइन
त्यो रुख तपाईंंले रोपेको पनि होइन
त्यो रुख मैले रोपेको पनि हैन
त्यसमा तपाईंंको पनि हक छैन
मेरो पनि हक छैन
हाम्रो हक नभएपछि
त्यो बाँदर बस्ने कुरो हुँदैन
किन खोइरो खन्नु हुन्छ महोदय
भोट मागेको बाँदर लखेट्न हो
बाँदरले धेरै सताएपछि
रुख काट्ने नै हो
बाँदर मास्ने नै हो
बाँदरले हाम्रो भाग्य चिथरेको छ
बाँदरले हाम्रो भविष्य निमोठेको छ
बाँदरले गर्दा गाउँ छोड्नु परेको छ
बारी बाँझो राखेर माग्दै हिँड्नु परेको छ
बाँदरले पुच्छर ठाडो पारेर
राँके जुलुस लगाएको छ
हाम्रो पौरखलाई गिज्याएको छ
बाँदर उग्र भएपछि के गर्नु महोदय
बाँदरको पुच्छर काट्न सकिएन
रुख काट्नु परेको छ ।

०००
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
बजार कसकाे ?

बजार कसकाे ?

भोलानाथ सुबेदी
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x