साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुर्व्यसनलाई सधैँ हराएर हिँडें

म आदर्श निर्माण मन्दिर स्वयं, सार्थक जीवनको दियो बाल्दै हिडें! "लक्ष्मण" युवालाई सन्देश दिन, म चेतनाको शंख बजाएर हिँडें।।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

म चेतनाको दीप बालेर हिँडें,
आत्मबलको ज्योति जगाएर हिँडें।
नशाको भासमा डुबेका धेरै देखें,
म संस्कारको सुवास फैलाएर हिँडें।

धुवाँभित्र उज्यालो भेटिन्न कहिल्यै,
म विश्वासको बाटो समाएर हिँडें।
आमाको आँखामा आँसु नआओस्,
म जिम्मेवारीको भार उठाएर हिँडें।

साथीले बोलाए पनि गलत बाटो,
म भविष्यको फूल सजाएर हिँडें।
नशाले जवानी बिगार्न खोज्दा,
म स्वर्णिम सपना सजाएर हिँडें।

युवाशक्ति राष्ट्रको बलियो आधार,
म चेतनाको सन्देश सुनाएर हिँडें।
जीवन अमूल्य छ, खेलौना होइन,
आत्मबलको ध्वज फहराएर हिडें!

नशाको दलदलमा डुब्ने धेरै देखेँ,
म आत्मसम्मान सधैँ बचाएर हिँडें।
स्वस्थ समाजको सुन्दर यात्रामा,
म दुर्व्यसनलाई सधैँ हराएर हिँडें।

म आदर्श निर्माण मन्दिर स्वयं,
सार्थक जीवनको दियो बाल्दै हिडें!
“लक्ष्मण” युवालाई सन्देश दिन,
म चेतनाको शंख बजाएर हिँडें।।

नशा होइन, शिक्षा रोजौँ !
अन्धकार होइन, उज्यालो खोजौँ !!
स्वस्थ युवा, समृद्ध देश !
यही छ हाम्रो मूल सन्देश !

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
त्यो पनि त थियो जिन्दगी

त्यो पनि त थियो...

लक्ष्मण नेवटिया
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
धनमहिमा

धनमहिमा

हेम अधिकारी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
0
Would love your thoughts, please comment.x
()
x