साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खत्रा छ

न हामी गाउँलेले शहर देखेका छौँ ? न कहिल्यै राजधानी टेकेका छौँ ? न कहिल्यै हिना मिना गरेका छौँ ? पचास रुपियाँको चिनी डेढ सयमा किनेका छौँ ।

Nepal Telecom ad

शम्भु जमरकट्टेल हेदाङ्ने :

हाम्रो परिवार गाउँमा बस्छ,
वा खेतिपाती गर्नुहुन्छ,
आमा बालाई सघाउँदै घरकै काम गर्नुहुन्छ ।
जेठोदाजु ऋण काडेर अरब गएको छ,
माइलो गिटी कुट्छ,
साँइलो ज्याला मजदुरी गर्छ,
म गाउँकै पाठशालामा सहयोगीको काम गर्छु ।
सबैको मेहनतले परिवार चलेको छ ॥

गाउँपालिका माओवादीले जितेको छ,
घर जग्गाको कर वढेको छ,
बा अन्न बेचेर कर तिर्नुहुन्छ ।
पशुपंक्षि बेच्दा पनि हामी कर तिर्छौँ,
कुखुरा बेचे पाँच रुपियाँ,
बाख्रा बेचे पचास रुपियाँ
वहर बेचे पाँचसय,
सधैँ तिरेकै छौँ ।
वडाअध्यक्षको घरको काम पनि हामी नै गरिदिन्छौँ ।
पुलिस अफिसलाई तरकारी बुझाएकै छौँ,
भोट माग्ला दिएकै छौँ ॥

हिजो सरहरूको कुरा सुनेको,
लोकतन्त्रलाई खत्रा भयो रे,
उता जाजरकोटमा भुँईचालो गयो रे ।
राष्ट्रपति र प्रधानमन्त्रीको हेलीको हावाले,
पीडितको त्रिपाल उडायो रे ।
राहत जति सबै छुचुन्द्रले सुरुङ्ग खनेर रुकुम पुर्‍यायो रे ॥

यसो गम खान्छु,
कसले खत्रा पुर्‍याएछ ?
न हामी गाउँलेले शहर देखेका छौँ ?
न कहिल्यै राजधानी टेकेका छौँ ?
न कहिल्यै हिना मिना गरेका छौँ ?
पचास रुपियाँको चिनी
डेढ सयमा किनेका छौँ ।
धुलाम्मे बाटो हिडेका छौँ,
कुनै नेताका विपक्षमा
न नारा लगाएका छौँ ?
न खाँडो जगाएका छौँ ?
हामी जस्ता गाउँलेले,
ठुलाबडाका संरक्षणमा
शहरमा हुर्किएको साँढे जस्तो गणतन्त्रलाई के को खत्रा हुन्छर ?
यदि खत्रा छ भने,
हामी निरक्षर, गरिब, निमुखा गाउँलेलाई खत्रा छ ।
हाम्रा बालाई खत्रा छ,
हाम्री आमालाई खत्रा छ,
गाउँका बुढाबुढीलाई खत्रा छ,
त्यही वृद्ध भत्ता पनि रोकिदिने हुन् कि भन्ने खत्रा छ ।
हाम्रो परिवारलाई खत्रा छ,
यो व्यवस्था आएपछि महंगी र
करले गर्दा,
बाँच्नै पो सकिँदैन कि भन्ने खत्रा छ ।
मेरो त्यो पियनको जागिर पनि
नेताले उडाइदिन्छन् कि भन्ने खत्रा छ ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहिले बुझ्लान् नेपालीले ?

कहिले बुझ्लान् नेपालीले ?

शम्भु जमरकट्टेल हेदाङ्ने
म मरेको कथा

म मरेको कथा

शम्भु जमरकट्टेल हेदाङ्ने
अब राजा फर्कनुपर्छ !!

अब राजा फर्कनुपर्छ !!

शम्भु जमरकट्टेल हेदाङ्ने
काे फेल, काे पास

काे फेल, काे पास

शम्भु जमरकट्टेल हेदाङ्ने
देश, नरिवल र बाँदर

देश, नरिवल र बाँदर

शम्भु जमरकट्टेल हेदाङ्ने
विदेशको लोकतन्त्र के तन्त्र ? नेपालको लोकतन्त्र पो तन्त्र ।

विदेशको लोकतन्त्र के तन्त्र...

शम्भु जमरकट्टेल हेदाङ्ने
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x