साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के गर्दा पासा पल्टिन्छ ?

दूरबिनबाट यसो हेरेको त नेताहरूले यस्तो देउसी भैलो खेलेको देखेछन् बा । के गर्दा पासा पल्टिन्छ त्यही गरेको देखेर फतुरे काका तिहारको शुभकामना पनि के दिनु, यिनको देउसी भैलो पनि के सुन्नु भनेर नेतामण्डलीको डबलीका कुनाबाट अलप भएछन् ।

Nepal Telecom ad

ह्यारी- ८० :

साना सानामा ‘नखेल्नु जुवा र तास, धनको नाश जीवनको वनवास… गणेश रसिकहरूको यो गीत खुब मन पथ्र्यो, सुन्थेँ र गुनगुनाउँथेँ पनि । खासै धेरै गुच्चा पनि खेलिएन हो । ठुलो हुँदै गएपछि यसो तास खेलेको, ओखर खेलेको, लङ्गुरबुर्जा खेलेको, कौडा खेलेको हेरिन्थ्यो, हेर्दा रमाइलो लाग्थ्यो । जसको सङ्गत गर्‍यो, त्यस्तै भइँदो रहेछ । आफू तास खेल्न होइन हेर्न थाल्थेँ अनि खालमा जित्नेसँग जितौरी मागेर पिपलमेट खान्थेँ । अलि धेरै दिए भने बिस्कुट पनि किनेर खान्थेँ, साथीलाई खुवाउँथेँ र कहिलेकाहीँ त भोलिपल्टलाई पनि राखिन्थ्यो । बाल्यकाल त्यसै गरेर बित्यो । अहिले नगरीप्रहरीको आगमन हुँदा सडकमा पसल थाप्नेहरूको भागाभाग भएजस्तै त्यसवेला पनि प्रहरी आयो भनेपछि सबै छिन्नभिन्न हुने खेलाडीहरूको जुवा खालको झझल्को पो आउँछ । नाइँ नाइँ गर्दै म तिहार पो सम्झन पुग्छु त बाल्यकालको ।

राणाहरू उनीहरूका विरुद्ध कसैले कही बोल्यो कि यी देशभाँडा हुन् भन्दै ठिँगुर्‍याएर लान्थे । अहिलेका युट्युबरहरू जस्तो जे पनि बोल्न पहाँ पाउँथे र कठैबरा । भोकभोकै बसेका जनताका अघि आफू टन्न मासुभात खान्थे अनि पव्रmेकालाई पासो लगाएर सुइँक्याइदिन्थे । भोलि होइन आजै गोली हान्ने भनेर गोली खुवाइदिन्थे रे । पञ्चायतको कुरा गरे धेरैलाई मन नपर्ला । आफूले पनि केही भोगियो केही रोगियो । पञ्च जति सन्च मानेर बस्थे अरूलाई भुटभुटी हुन्थ्यो । राजा सबका साझा भन्थे नत्र तिनका बाजा बजाइहाल्थे ।

बहुदल र निर्दलमध्ये कतातिर लाग्ने भन्नेले पनि लछारपाटो केही लगाएन । फतुरे काकाको गाला चाउरिँदै गएका छन् तर उता यमे मोटाएर गलगाँडे गर्धनमा टाई झुन्डाएर कहिले विदेशतिर कहिले दाउराको बिटा बोक्नेसँग कर लिन्छन् । एकतिर दौरा र कोट भिरेर जुँगामा ताउ लाउँदै भाउ खोजेर कसैसँग नबोली गजधुम्म बसेर राजनीति गर्दे गएर तर मार्ने अवस्था सिर्जना गरिछाड्यो ढाडेले । अगेनामा चौबिसै घण्टा आगो तापेर बसेको ढाडेले मौका पाउनासाथ कुँडेमा तताएर राखेको दुध सुरुप्प पारेझैँ पञ्चायतकालमा, बहुदलीय व्यवस्थामा अनि गणतन्त्रमा पनि दुधले ढाडिएको र तर सोर्दै खाएको देख्दा फतुरे काका धारे हात लगाउँछन् ।

यमपञ्चक आएका बेला अर्कै कुरा खोतलुँ कि भन्ने लागे पनि के सकिन्थ्यो र ! कागतिहार, कुकुरतिहार, गाईतिहार, गोरुतिहार, भाइटीकाका यी पाँचदिन जोडेर तिहार अर्थात् यमपञ्चक बनेको हो । दीपावलीको मात्र शुभकामना दिने हो भने त लक्ष्मीपूजाको दिनको मात्र भयो तर तिहारको शुभकामनाले त पाँचै दिनको समेट्नुपर्ने होइन र भन्या ? तर अरूको प्रभावमा परेर वा ल्याइते सामान किनेर तिहार मनाउने भएकाले माटाको पाला वा दियोको सट्टा बिजुली बत्ती बाल्ने, देउसी रे खेल्नेका नाममा जबर्जस्ती दक्षिणा माग्ने, पैली भैली खेल्थे तर परम्परा धान्दै मनोरञ्जनका लागि अहिले रेकर्डेड गीत बजाएर दक्षिणाका लागि भैली पैसा दे पैली भनेर खेलिन थाल्यो ।

भूकम्पले पश्चिमतिर धुलिमाटी बनाएका बेला केही अगुवा महलतिरै गनाएर बसेका छन् । गरिबीका नाममा, सहयोगका नाममा आएका सामान र बजेटले आफ्नो घर बनाउन पल्केका सेवाका पगरी गुँथेकाहरू, अनि पचाएर, भजाएर मारेर, पारेर, हारेर, यस्तै यस्तैमा आफ्नो नाम पारेर बनेका नेताहरूले कहिले भूकम्पपीडितका नाममा, कहिले बाढीपीडितका नाममा, कहिले कोरोनाका नाममा देउसी र भैली निरन्तर खेल्ने गर्दछन् ।

तिहारको देउसीभैलो यमपञ्चकभरि खेलिन्छ तर हाम्रा गाँणतन्त्रे अगुवाले भने बाह्रमासे देउसी भैलो खेलिरहने हुँदा यी सँधैँ मागिरहन्छन् । मगाइको स्वरूप मात्र फरक देखिन्छ । फतुरे काकाले घर झिलिमिली पारे । बारीबाट फूल टिपेर ल्याई घर सजाए । लिपपोत गरी तिहारका मसला जोरजाम गरे । तिरुँला नि, भन्दै मन फुकाएर खर्च गरे ।

जनतालाई मासुभातमा बिकाउने हरुवा, चरुवा, भरुवा पानीमरुवा अगुवाहरू देउसी र भैली खेलिरहन्छन् । यिनले भट्याउँदा बेसुरमा यस्तो भन्दा रहेछन् :

संविधानअनुसार – भैली रे
राम्रा होइन हाम्रा – भैली रे
सेटिङ गरी राख्छौँ – देउसी रे
हामी त्यसै आएनौँ – भैली रे
गाँणतन्त्र जोगाउन – भैली रे
आएका हामी – भैली रे
अस्पताल, स्कुल – भैली रे
गुन्डादेखि हुन्डासम्म – भैली रे
ए सबै हाम्रा – भैली रे

यसरी भैली खेल्दा खेल्दै झुन्ड बदलेर देउसेहरू आउँछन् । अनि देउसेहरू पनि कमाउने विचारले फेरि देउसी खल्न थाले ।
कोही काग – देउसी रे
कोही कुकुर – देउसी रे
कोही गाई – देउसी रे
कोही गोरु – देउसी रे
कोही भाइ – देउसी रे
बनेका छौँ – देउसी रे
हामी के खेल्दैनौँ – देउसी रे
हामी के खाँदैनौँ – देउसी रे
हामी नै कानुन – देउसी रे
हामी नै बेचुवा – देउसी रे
हामी नै घिचुवा – देउसी रे
आफैँ धामी – देउसी रे
आफैँ झाँव्रmी – देउसी रे
पहिले हाम्रो – देउसी रे
एउटै स्वदेश – देउसी रे
अहिले हाम्रो – देउसी रे
सातोटा पर्देश – देउसी रे
डाडुपन्युँ हातमा – देउसी रे
सबै खान्छौँ – देउसी रे
ल्याए ल्याए – देउसी रे
गाँणतन्त्र ल्याए – देउसी रे
पालो पालो – देउसी रे
सबैले भट्ट्याऔँ – देउसी रे
सातोटा सेल – देउसी रे
चपाई चपाई खाऔँ – देउसी रे
भोलि भाइटीका – देउसी रे
हामी भयौँ फिका – देउसी रे
पत्याउन छोडे – देउसी रे
लत्याउन थाले – देउसी रे
झोलीतुम्बा बोकी – देउसी रे
भागौँ भाइ हो – देउसी रे
ए मेरा भाइ हो – देउसी रे
लुछीचुँडी खाऔँला – देउसी रे
जाऔँ है भाइ हो – देउसी रे ।

दूरबिनबाट यसो हेरेको त नेताहरूले यस्तो देउसी भैलो खेलेको देखेछन् बा । के गर्दा पासा पल्टिन्छ त्यही गरेको देखेर फतुरे काका तिहारको शुभकामना पनि के दिनु, यिनको देउसी भैलो पनि के सुन्नु भनेर नेतामण्डलीको डबलीका कुनाबाट अलप भएछन् तर तपाईंहरूलाई भने सहस्र शुभकामना छ भनिदिनू है तिहारको भनेका छन् !

०००
गोकर्णेश्वर ५, काठमाडौँ
२०८० कार्तिक २५ गते शनिवार

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x