साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकारी मर्यादाक्रमको जय

भन, भन ! तिम्रो मर्यादा लिस्टमा ठग व्यापारीहरु कहाँ पर्छन् ? भ्रष्ट हाकिमहरु कहाँ पर्छन् ? तस्करहरुसँग नाभि जोडिएका नेता र तिनका सन्तानहरु कहाँ पर्छन् ?

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा :

ऊ बाटोको छेउमा मकै पोलेर
घर चलाउँछ
छोरा छोरीहरुको स्यहार गर्छ !
तर हरेक दिन
नगरपालिका प्रहरीहरूको कुटाई खान्छ,
घाइते हुन्छ !
भन्नुस् सरकार !
तिम्रो मर्यादा लिस्टमा
ऊ कति नम्बरमा पर्छ ?

ऊ खेतमा हलो जोतेर,
जीवन निर्वाह गर्छ,
तिम्रो घरको भकारी भर्छ !
तर हरेक दिन जसो मालिकको हप्की खान्छ !
सधैँ अभावमा बाँच्छ !
भन !
तिम्रो मर्यदा लिस्टमा,
ऊ कति नम्बरमा पर्छ !

ऊ सिमाना नजिक बस्छ,
सिमानाको पहरेदारी गर्छ,
पटक पटक भरतीय रिजर्व पुलिसको
डण्डा र ककट्टीको मार खेप्छ !
भन !
तिम्रो मर्यादा लिस्टमा
ऊ कति नम्बरमा पर्छ ?

ऊ हिजोको तिम्रो योद्धा,
तिम्रो सत्ता उक्लने गतिलो भर्‍याङ,
तर आज सडकमा मागेर खान्छ
हरेक दिन तिम्रो पुलिसको डण्डा खान्छ
भन !
तिम्रो मर्यादा लिस्टमा
ऊ कति नम्बरमा पर्छ !

भन !
तिम्रो मर्यादा लिस्टमा
ठग व्यापारीहरु कहाँ पर्छन् ?
भ्रष्ट हाकिमहरु कहाँ पर्छन् ?
तस्करहरुसँग नाभि जोडिएका
नेता र तिनका सन्तानहरु कहाँ पर्छन् ?

तिम्रो मर्यादा लिस्टमा
शहिदका आमा, बा पर्छन् कि पर्दैनन् ?
देशको गीत गाउने गायक र कविहरु पर्छन् कि, पर्दैनन् ?
सिमानामा अतिक्रमणकारीसँग भिँड्ने
तिलाठीका देवनारायणहरु अट्छन् कि अट्दैनन् ?

०००
गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x