साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेरि गड्याङगुडुङ

म त मेरो खाजाका भोजन प्रकारहरूमा डुबेर भोकका अनन्य खण्डहरहरूमा, आफैलाई नै नपाउने गरि आनन्दको संसारमा हराइरहेको थिएँ ! ए, आज पनि थाहै नपाइ हुरी बतास सहितको गतिलो पानी परेछ !

Nepal Telecom ad

हिजो साथीभाइसँग
बसी बियाँलोको कुरामा
भोलिको घामपानीको कुरा पनि उठ्यो !
ओहो, भोलि पानी पो पर्ला कि
एउटाले भन्यो,
अब आकाश हेरेर भोलि पानी पर्छ पर्दैन
कहाँ भन्न सकिन्छ र,
अर्कोले भन्यो, साथी सँगी माझ,
कुरा बसिबियाँलोको कुरा न रह्यो !
हामीलाई सत्य र तथ्यको के मतलब
जब हामी कुरा उठाउँछौं,
बसिबियाँलोको माझमा !
आझ बिहान
आकाशमा केहि बादल थिएन
साँच्चै, आज पानी पर्दैन कि क्या हो,
सोंचेर, बाहिर, सब बाहिर
बसेर बाँकी रहेको काम
आज धेरै दिनपछि सड्काउने अनुकुलता
अनि फुर्सद मिलाएर
म बेहद जमर्कोमा लांगेँ !
काम शुरु गरेको एक घण्टा के भएको थियो,
आकाश, फेरि गड्याङ्ग, गुडुङ्ग,
गर्जन, अनि भारी मनसुनी वर्षा !
आकाश त हेरेकै थिएँ नि,
बादल पनि त हेरेकैं थिएँ नि,
फेरि पनि यो,
अचानक पानी बर्षा !
यो कथामा एउटा सानो कुरा भन्न बिर्सिएछ
आधि घण्टा म खाजा खान भित्रिएको थिएँ,
त्यति बेला,
जब म मन भरिको रमाइलोको साथ
आनन्द मान्दै,
आफूलाई आत्मसन्तुष्टी दिइरहेंथेँ,
त्यहि बेला,
आकाश केहि रिस पोख्नुपर्ने हो कि भनेर
गर्जिरहेको रहेछ,
म त मेरो खाजाका भोजन प्रकारहरूमा डुबेर
भोकका अनन्य खण्डहरहरूमा,
आफैलाई नै नपाउने गरि
आनन्दको संसारमा हराइरहेको थिएँ !
ए, आज पनि थाहै नपाइ
हुरी बतास सहितको
गतिलो पानी परेछ !

०००
वर्गेन, नर्वे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x