सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

फेरि गड्याङगुडुङ

म त मेरो खाजाका भोजन प्रकारहरूमा डुबेर भोकका अनन्य खण्डहरहरूमा, आफैलाई नै नपाउने गरि आनन्दको संसारमा हराइरहेको थिएँ ! ए, आज पनि थाहै नपाइ हुरी बतास सहितको गतिलो पानी परेछ !

Nepal Telecom ad

हिजो साथीभाइसँग
बसी बियाँलोको कुरामा
भोलिको घामपानीको कुरा पनि उठ्यो !
ओहो, भोलि पानी पो पर्ला कि
एउटाले भन्यो,
अब आकाश हेरेर भोलि पानी पर्छ पर्दैन
कहाँ भन्न सकिन्छ र,
अर्कोले भन्यो, साथी सँगी माझ,
कुरा बसिबियाँलोको कुरा न रह्यो !
हामीलाई सत्य र तथ्यको के मतलब
जब हामी कुरा उठाउँछौं,
बसिबियाँलोको माझमा !
आझ बिहान
आकाशमा केहि बादल थिएन
साँच्चै, आज पानी पर्दैन कि क्या हो,
सोंचेर, बाहिर, सब बाहिर
बसेर बाँकी रहेको काम
आज धेरै दिनपछि सड्काउने अनुकुलता
अनि फुर्सद मिलाएर
म बेहद जमर्कोमा लांगेँ !
काम शुरु गरेको एक घण्टा के भएको थियो,
आकाश, फेरि गड्याङ्ग, गुडुङ्ग,
गर्जन, अनि भारी मनसुनी वर्षा !
आकाश त हेरेकै थिएँ नि,
बादल पनि त हेरेकैं थिएँ नि,
फेरि पनि यो,
अचानक पानी बर्षा !
यो कथामा एउटा सानो कुरा भन्न बिर्सिएछ
आधि घण्टा म खाजा खान भित्रिएको थिएँ,
त्यति बेला,
जब म मन भरिको रमाइलोको साथ
आनन्द मान्दै,
आफूलाई आत्मसन्तुष्टी दिइरहेंथेँ,
त्यहि बेला,
आकाश केहि रिस पोख्नुपर्ने हो कि भनेर
गर्जिरहेको रहेछ,
म त मेरो खाजाका भोजन प्रकारहरूमा डुबेर
भोकका अनन्य खण्डहरहरूमा,
आफैलाई नै नपाउने गरि
आनन्दको संसारमा हराइरहेको थिएँ !
ए, आज पनि थाहै नपाइ
हुरी बतास सहितको
गतिलो पानी परेछ !

०००
वर्गेन, नर्वे

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जूनकिरी !

जूनकिरी !

लोक सुब्बा
दुई शब्द

दुई शब्द

लोक सुब्बा
अल्जाइमर्स

अल्जाइमर्स

लोक सुब्बा
पानीका थोपाहरू

पानीका थोपाहरू

लोक सुब्बा
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही