साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जात्रा (१)

मान्छे मारी के के हुन्छ के के हुन्छ भन्थे सिंहापुर र स्वीजर्ल्यान्ड बाउने भन्थे ऐले देश खँगारियो उनको सिंहापुर घरैलाई बनाउने रैछ उनको सुर छोराछोरी, सालासाली, सम्धी, ज्वाइँ सोल्टी गर्लफ्रेन्ड नयाँ पुराना र चालिदिने गोटी ।

Nepal Telecom ad

हेम अधिकारी :

गाई जात्रा आइसक्यो नजिकै अरु जात्रा पर्छन् कि खुत्रुक्कै । २
जात्रैजात्रा जात्रा बढ्यो कति मात्रा मत्रा
पहिलेभन्दा अहिले बढ्यो क्या खतरा जात्रा
अहो क्या खतरा जात्रा !
माथिमाथि ठुला जात्रा तल साना जात्रा
दरबार हाँक्ने डाक्ने भए रङबिरङका जात्रा
अहो रङबिरङका जात्रा !
सिंहदरबार,स्यालदरबार,भेडाबाख्रा घरबार
देशको सातो बोलाउने धामी हुन्छन् बारबार
अहो धामी हुन्छन् बारबार !
देशखालि भैसक्यो गाउँघर भदौरेलाई लाग्छ र के डर ।२

एउटा सिंह एउटै खोरमा अर्को कहाँ आउँछ
आउला भन्ने डरले पैल्यै भोटेताल्चा लाउँछ
अहो भोटेताल्चा लाउँछ !
गाह्रो होला फुटाल्न नि कसोगरी पस्ने
भित्र पस्न अर्को सिँह बाहिरै ढुकी बस्ने
अहो बाहिरै ढुकी बस्ने !
डम्मै तिमी अघाएथ्यौ अर्के दरबारमा
पुग्या छैन भन्दै ताक्छौ फेरि घरबारमा
अहो फेरि घरबारमा !
गर्ने के हो क्यै पक्का छैन, डम्मे कुर्सी नभैनि भा ’छैन २

देशको पति भैसकेर फेरि पार्टीपति
चाहिएछ फेरि यता पति हो कि खति
अहो पति हो कि खति !
गेटै बन्द भैसकेछ धम्मरधुस चौकिदार
तिनलाई धक्का दिई पस्न वार हो कि पार
अहो वार हो कि पार !
पैले मिली खाएकाथ्यौ ऐले ठाँस्सठुँस्स
धक्काधक्की तिमी गर जनता चैँ हुस्स
अहो जनता चैँ हुस्स !
रमिता नैँ बनायौ आज, लजायो है मज्जाले त्यो लाज ।२

हेर्दा हेर्दै रमिता भो साँच्चै हो कि भ्रम ?
युवा छैनन् देश खालि घर वृद्धाश्रम
विकासका डिङ हाँक्छन् काम पाइदैन
विमान स्थल एकै दिन खालि पाइदैन
घोडेजात्रा, साँडेजात्रा, राँगा, डाँगा जात्रा
माउजात्रा, बाउजात्रा अझ राहुजात्रा
जात्रा भयो कति हो कति, देशलाई पोल्दैछ भत्भति २

नबोलेनि जात्रै गर्छन् बोल्दा के के भन्छन्
राजनैतिक सौता आउली बुढीकी भो ठान्छन्‌
सत्ता भत्ता घरभित्रै पत्ता फिरिरिरी
बाहिर बस्ता केही बेरमै देख्छन् तिरिरिरी
टाउके टाउके मिलेपछि कसका बाउको दैया
आफु खाने मार्सीजति अरुलाई घैया ।
मिली मिली खाएपछि मिली पचाउने हो
आफ्ना जत्ति जेजे गरुन् सप्पै बचाउने हो
छोपेको छ जात्रा गर्दा हामले सप्पै भन्छन्
बाहिरैबाट लाजमर्दो देखिँदैछ छ्याङ्छ्याङ्
जात्रा भयो उदाङ्गो नाङ्गो, कुरा गर्छन् झन्‌भन्दा झन् बाङ्गो २

मान्छे मारी के के हुन्छ के के हुन्छ भन्थे
सिंहापुर र स्वीजर्ल्यान्ड बाउने भन्थे
ऐले देश खँगारियो उनको सिंहापुर
घरैलाई बनाउने रैछ उनको सुर
छोराछोरी, सालासाली, सम्धी, ज्वाइँ सोल्टी
गर्लफ्रेन्ड नयाँ पुराना र चालिदिने गोटी
सबै माथि ढिकुटीको रखौटे र भान्से
रमिते हुन् तलका ती गाउँघरका मान्छे ।
यस्तै भैगो चलन हाम्रो, देश भँडास्‌मा नेतालाई क्या राम्रो २

क्रमशः

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कवि नम्बर ३६०

कवि नम्बर ३६०

हेम अधिकारी
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
धनमहिमा

धनमहिमा

हेम अधिकारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x