दिव्य गिरीअग्लो घरमा बस्ने मान्छे
अग्लो घरमा बस्ने मान्छेको मनभित्र एउटा डरले डेरा जमाइरहेको हुन्छ त्यो के भने उसलाई कसैले भनिदेला कि - नेता हुनुभन्दा पहिले ऊ बाह्र रूप्पेको चप्पल लगाउँथ्यो ।

दिव्य गिरी :
अग्लो घरमा बस्ने मान्छे
कहिले तलतिर हेर्दैन
झुक्किएर हेरेछ भने पनि
ऊ केही देख्दैन
यदि देखि हाले पनि
कसैलाई चिन्दै चिन्दैन !
अग्लो घरमा बस्ने मान्छे
सधैं आफ्ना वरिपरिकालाई मात्रै हेर्छ
सधैं आफ्नो दायाँबायाँकालाई मात्रै चिन्छ
किनभने तिनीहरू सबै उसैका हनुमान हुन् !
अग्लो घरमा बस्ने मान्छेको मनभित्र
एउटा डरले डेरा जमाइरहेको हुन्छ
त्यो के भने
उसलाई कसैले भनिदेला कि –
नेता हुनुभन्दा पहिले
ऊ बाह्र रूप्पेको चप्पल लगाउँथ्यो ।
०००
ललितपुर
कार्तिक ४,२०८२
Subscribe
Login
0 Comments
Oldest








































