फित्काैली डटकमविचित्रको दुनिया
कतै मिलाप छ । कतै विलाप छ। कतै हाँसो छ। कतै रोदन । कतै फूल छ। कतै शूल । कतै बासना छ। कतै दुर्गन्ध छ। कतै मान छ। कतै अभिमान छ। कतै सेर छ। कतै श्याल छ। कतै हर्मत छ ।

रामहरि बञ्जरा :
कोही भाषण छाँट्दैछन् । कोही राशनको सामग्री जुटाउँदैछन् । कोही हाँडीमा मकै भुट्दैछन् । कोही कनिका केलाउँदैछन् । कोही अक्षता मन्त्रेर फु-मन्तर गर्दैछन् ।
कोही दरिला छन् । कोही भरिला छन् । कोही सुरिला छन् । कोही कसिला छन्। कोही बुझक्कड छन्। कोही भुलक्कड छन्। कोही होशप्रसाद छन्। कोही ज्यदै बेहोशप्रसाद छन्। कोही गोज्याङ्ग्रा छन् । कोही गोल्याङ्ग्रा छन् । कोही चम्चा छन्। कोही चम्चाको पिछा गर्दैछन् । कति नेता छन्। कति नेता भएर पत्ति अभिनेता भएका छन्। कति नेतृ छन् । कति नेतृ भएर पनि सिनेमाकी नायिकाकै गर्दैछन्। कोही नयाँ पार्टीमा लाग्दैछन् । कोही पार्टीबाट छुट्दैछन् । कोही पाटी बनाउँदैछन् । कोही पाटी भत्काउँदैछन् । कोही धर्म गर्दैछन् । कोही कुकर्ममा अघि सर्दैछन् ।
कोही मादल ठोक्दैछन् । कोही मादलुको तालमा नाच्दैछन्। कोही भाषण छाँट्दैछन् । कोही राशनको सामग्री जुटाउँदैछन् । कोही हाँडीमा मकै भुट्तैछन् । कोही कनिका केलाउदैछन् । कोही अक्षता मन्त्रेर फु मन्तर गर्दैछन् । कोही प्रीति गाँस्दैछन् । कोही नेपालआमाको रगत चुस्तैछन्। कोही दुःखको दर्दमा फस्दैछन्। कतै भण्डारमा अकुत छ। कतै रित्तो पेट अलापिंदोछ । कतै मलमल फालाफाल छ। कतै सुकुलको त्यान्द्रो तानातान छ। कतै मोह छ। कतै मोहनी छ। कतै आशा छ । कतै निराशा छ । कतै भान्छामा मीठो अचार छ। कतै जनतामा के गरौं के नगरुँको विचार मात्र छ। कतै ठीक मात्रा छ। कतै कहीं नभएको जात्रा छ। कतै खेल छ। कतै तमासा छ। कतै फुट् छ।
कतै जुट छ। कतै ताल छ। कतै बेताल छ। कतै रूप छ। कतै ठूलै विरुप छ। कतै रड छ। कतै अनौठो ढङ्ग मात्र छ। कतै ताली छ। कतै गाली नै गाली छ। कतै तालु छ। कतै आलु नै आलु छ। कतै भात छ। कतै भान्छा मात्र छ । कोही लाटोबुङ्गाे छन् । कोही बाठो बठ्याङ्ग्राे छन् । कतै चर्केको छ। कतै दर्केको छ। कतै भेल छ। कतै भलाइ छ। कतै धुलाइ छ। कनै सजाय छ। कतै पुरस्कार छ। कतै लज्जा छ । कतै खुल्ला छ। कोही तालमा छन्। कोही बेतालमा छन् । कोही नाचमा छन् । कोही गानमा छन्। कोही लातमा छन् । कोही बातमा छन्। कोही नरम छन्। कोही निकै बेशरम नै छन् ।
कतै मिलाप छ । कतै विलाप छ। कतै हाँसो छ। कतै रोदन । कतै फूल छ। कतै शूल । कतै बासना छ। कतै दुर्गन्ध छ। कतै मान छ। कतै अभिमान छ। कतै सेर छ। कतै श्याल छ। कतै हर्मत छ । कतै कायरता छ। कतै जीवन अमिलो छ। कतै जीवन नुनिलो छ। कतै व्यथा छ । कतै जीवन कथैकथा छ। कतै मिलन छ। कतै विछोड छ। कतै फूर्ति छ। कतै होश गुम छ। कतै सरल छ। कतै जटिल छ। कतै मन छ। कतै तन मात्र छ। कतै धन छ। कतै जन मात्र छ।
कति जागेका छन् । कति निदाएका छन् । कति हाँसेका छन् । कति रोएका छन् । कतै धोती छ। कतै टोपी छ। कतै आड छ। कतै नाङ्गो छ। कति शानमा छन् । कति मानमा छन् । कति अभियानमा छन् । कति फुलक्कड छन् । कति भुलक्कड छन् । कति रसिला छन्। कति फरासिला छन् । कति जोशिला छन् । कति होशिला छन् । कति रित्ता छन् । कति भरभराउ छन् । कति दानी छन् । कति मख्खीचुस छन् । कतै लाइ छ। कतै प्यार छ। कति समान छन्। कति असमान छन् । कति सीधा छन् । कति बाङ्गा छन् । कति बलिया छन् । कति निर्धा छन् । कति लहडिला छन् । कति लेसिँदा छन्। कति राम छन्। कति हराम छन् । कति होशमा छन् । कति जोशमा छन् । कति रोषमा छन् । बयान कसको मात्र गरुँ। दुनियाँ सबै बेचैन छन्।
०००
पनाैती
मधुपर्क- ८६
Subscribe
Login
0 Comments
Oldest












































