साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खै ! कहाँ छ र आदर्श घरको सग्लो स्वरुप ?

बात लाग्नेन डरले आपसमा भने कानेखुशी गर्ने नै भए- "को अनि कहाँ फर्कने होला र अब ? खै! कहाँ छ र आदर्श घरको सग्लो स्वरुप विचारको ढोका अनि नैतिक छेकबारहरु….।"

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

अकर्मण्यताका काँडाहरुले घेरेर
पूर्खाले बनाइदिएको घरलाई
विवेकहीन घीनलाग्दा हरकतहरु गरेर घरभित्रै
लखेट्दै रह्यो घरबाट
आफ्ना छोराछोरी र नातिनातिनाहरु
बेच्यो पूर्खाले जोडिदिएको इमान‚ जमान र खेतबारीहरु
र निर्लज्ज भएर‚ काढेरै ऋण
चढ्यो महँगा गाडी र गर्यो शयर विदेशहरुको
पाल्यो मुष्तण्ड गुण्डाहरु
अनि एक्लै ढलिमलि गर्यो पूर्खाले बनाइदिएको घरमा

शक्तिको मात लागेर भैमा न भाँडामा भएर उम्लिरहेको बेला
घरको भूइँ तलाको बरण्डामा
गौंथलीले गूड बनाएको रिसले
जलायो आफ्नै हातले
आफ्नो सग्लो घर र पूर्ख्यौली धरोहर पनि
अनि त्यही जलेको घरको खरानीको रापमा अधकल्चिएपछि
बराबराउन थाल्यो कुनै मनोरोगी
र संझन थाल्यो आफ्ना सन्तान अनि नजिकका आफन्तहरु

के गर्छन् होला ती मनैदेखि टाढिएका
धुन्धुकारीका आफन्त र सन्तानहरुले
खरानीको भुतभुतेमा अधकल्चिएको मनोरोगीलाई
उद्धार गर्न सम्म पनि सकिरहेका छैनन् छिमेकीहरु
बात लाग्नेन डरले
आपसमा भने कानेखुशी गर्ने नै भए-
“को अनि कहाँ फर्कने होला र अब ?
खै! कहाँ छ र आदर्श घरको सग्लो स्वरुप
विचारको ढोका अनि नैतिक छेकबारहरु….।”

०००
२०८२ कार्तिक १५
चण्डाेल, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x