साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कर्मदा सृजना मञ्चकाे ५४ औँ काव्यगोष्ठी

अध्यक्षता संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलबाट गरिएको र प्रमुख अतिथिमा कविवर हरि खनाल विशिष्टमा कलानिधि दाहाल, डा. बमबहादुर थापा जिताली र डा. देवी पन्थी, समीक्षक पुरुषोत्तम सिग्देल हुनुहुन्थ्यो ।

Nepal Telecom ad

लमजुङ, २०८२ पुस २४ । कर्मदा सिर्जना मञ्च नेपाल, पाउँदीबजार लमजुङले ५४ औँ विद्युतीय प्रसारबाट १४२ औँ लेखनाथ जयन्ती विशेष रचनावाचन भव्य किसिमले सम्पन्न गरेको छ । ‎

कार्यक्रमको सहजकर्ता र अध्यक्षता संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलबाट गरिएको र प्रमुख अतिथिमा कविवर हरि खनाल विशिष्टमा कलानिधि दाहाल, डा. बमबहादुर थापा जिताली र डा. देवी पन्थी, समीक्षक पुरुषोत्तम सिग्देल हुनुहुन्थ्यो ।

‎आज सबै सर्जकले कविशिरोमणी लेखनाथका रचना वाचन गरेर श्रद्धा सुमन अर्पण गरेर मात्र आफ्ना कविता प्रस्तुत गरेका थिए ।

प्रस्तुत गर्नेहरूमा १. हरि खनाल – सञ्लाल समाजिक – शार्दूलविक्रीडित २. बमबहादुर थापा जिताली – स्रोता मात्र ३. देवी पन्थी – चारु ४. पुरुषोत्तम सिग्देल – लेखनाथ छन्द हुन् – ५. गङ्गा लिगल – प्रज्ञाको ज्योत्स्ना कविता ६. कलानिधि दाहाल – अनुष्टुप् – उपमेय बन्यौ तिमी – ७. लक्ष्मीप्रसाद मिश्र – चारु ८. पवनकुमार बुढाथोकी – बाछिटा ९. दुर्गाप्रसाद सिग्देल – हेमन्त – भुजङ्गप्रयात १०. चन्द्रावती अधिकारी – हेमन्त – अनुष्टुप् ११. टेकबहादुर लौडारी – सुसेली १२. जगदीश्वर पोखरेल – लेखनाथ – मञ्जुला १३. जानुका गुरागाईं – लेखनाथ – मञ्जुला १४ रामचन्द्र न्यौपाने – शार्दूलविक्रीडित – यस्तै छ नेपालमा १५. खोलाघे साहिँलो – भुजङ्गप्रयात – गजल १६. सुधा बाँस्कोटा ढकाल – स्रग्विणी – गजल १७. शारदा कार्की – पञ्चामर – यही कहन्छ सभ्यता १८. वीरबहादुर लोहनी सवाई – लेखनाथ १९. द्वारिका कुइँकेल – लोकछन्द – झोले २०. बिनुबाबा घिमिरे – पञ्चचामर – हाँस्छ काँगडा २१. चन्द्रा न्यौपाने – सुसेली – लेखनाथ २२. उत्तम भेटुवाल – भुजङ्गप्रयात – मूर्दा शान्ति शीर्षकको कविता वाचन गर्नु भएको थियो ।

वाचित रचनाहरूको संक्षिप्त टिप्पणी पुरुषोत्तम सिग्देलले गर्नुभएको थियो । जगदीश्वर पोखरेलले सधन्यवाद कविगोष्ठी विसर्जन गर्नुभएको थियो । ‎

०००
जगदीश्वर पोखरेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x