सुदन लुइटेलगलत बाटो बाङ्गो नदेख्ने
नाङ्गो मुखियालाइ नाङ्गो नदेख्ने गलत बाटो बाङ्गो नदेख्ने ज्युँदा लास र गुलामी गर्ने दासहरुको विश्वास छैन रत्तिभर ।

सुदन लुइटेल :
कुहिएको दलिन र थाम हटाउँदै बनाए बस्न लायक घर
धेरै पुरानो भैसकेको झुपडी कुन बेला भत्किन्थ्यो हुँदैन भर
मालिकको बिरुद्द जाने सस्कार गुलामहरुमा पटक्कै छैन रे !
आँटिलाले बनाए गुलामहरु घुम्दैछन् अझै मालिककै वरपर
सधै सिंहासनमा बस्दै भ्रष्ट भएर मोटाएका गन्हाएका किराहरु
दुर्गन्धितहरुलाइ सफा गरि देश बनाउने ज्युँदा मान्छेको रहर
अँध्यारोमा पनि चेतनाको दियो बालेर उज्यालो जुर्मुराउने
विश्वमा प्रकाश छरेर गगन जन्माउने स्वच्छ काठमाडौं सहर
नाङ्गो मुखियालाइ नाङ्गो नदेख्ने गलत बाटो बाङ्गो नदेख्ने
ज्युँदा लास र गुलामी गर्ने दासहरुको विश्वास छैन रत्तिभर ।
०००
तीनथाना, काठमाडाैं





































good sudan