साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेराे भैंसी ब्याएन

Nepal Telecom ad

करूण सुवेदी :

हरेक पाँच पाँच वर्षमा भेटनरीकाे सुई, लगाइरहे । प्रत्येक वर्ष ज्यङ्गा ज्यङ्गा राँगा चढाइरहे तर पनि खै ! मेराे भैंसी ब्याएन। कहिले नाक चुच्चे परेका धामीले गणतन्त्रकाे ढ्याङ्ग्राे बजाए । कहिले नाक थेप्चिएका झाँक्रीले लाेकतन्त्रकाे ढ्याङ्ग्राे बजाए। कहिले तँ याे जाति म याे जाति भनेर रन्काइरहे। फलानाे याे वादी ढिस्कानाे याे वादि भनेर घन्काइरहे ।

जाति र वादि भन्दै लादि निस्किने गरि दन्काइरहे तर पनि खै ! जति तन्काए पनि घन्काए पनि अझै केही लुताे लाएन । साल नाल झारिसक्याे तर मेराे भैंसी अझै ब्याएन।

पल्लाे गाउँकाे गाेरे पाडाले हाम्रा बुडा मिस्टर महिषासुरहरुलाई मगन्ते राँगो भन्यो बुडा राँगा खित्त हाँसे मानाैँ कुनै पदक दिएकाे हाेस् । छिमेकी झर्के राँगोले ध्यान गर्दै गयाे ज्ञान गर्दै गयाे सिद्ध बन्दैछ अरे ! हाम्रा र्याल चुहाउँदै गए, कीर्तिपुरकाे डाँडाबाट ल्यापटप चर्दै गए,नारायणीमा जहाज र ७७ फाँटमा रेल दाैडाउँदै गए । सारा संसार डुलेर अनगिन्ती गाउँका चाराे खाएर विना प्वाँख हावामा उडेर हाम्रा मिस्टर महिषासुरहरु गाेरा भैसीहरुका कुना काप्चा निहालि आउँछन् । ओैषधी टन्नै पढेर आउँछन् तर जति पढे पनि जति लडे पनि केही लुताे लाएन । सालनाल झारिसक्याे तर पनि खै किन ? मेराे भैंसी ब्याएन ।

ललिता गाउँकाे गाेठमा बालि लगाउँन रुचाउँछन् । विदेशी बिजबाट आयातीत सुनघाँस मजाले चपाउँछन् । पश्चिमी भेडाहरुकाे पेडा खाएर पश्चिमी शेर राँगाले छेरिरहन्छन्। कीर्तिपुरकाे डाँडबाट गगन हेर्ने मगन राँगा उत्तिकै खुसी छन्। तिनलाई चाराे दिने घाँसीहरु सारै दुःखी छन्। एकै जातका पाडा र राँगाहरु जुधिरहन्छन् र धान जनताकाे माडिरहन्छन् । हाम्राे सभ्यता, मान्यता र राष्ट्रियतामा गाेबर पल्टाइरहन्छन् । गफमा ब्रह्माण्ड अल्झाइरहन्छ।

भकुण्डो जस्तो गाेल टाउके पश्चिमघरे नाक सुकेको राँगाले पल्ला गाउँका हट्कट्टा राँगासँग जुध्न जान्छ। पल्तिरकाे झर्के पनि के कम गाेल टाउँके राँगो सँग पनि जुध्न जान्छ गाेरेसँग पनि । हाम्रा बुडाहरु यतै जान्छन् जुठो घाँस चपाउँछन्। उतै जान्छन् उतै जुठेल्नाे चाट्दछन्,यस्तै गर्दागर्दै आफू त मर्छन् मर्छन् मेराे भैंसी पनि मार्ने भए यत्रो गरेर केहि लुताे लाएन । सालनाल सबै फाल्याे तर मेराे भैंसी ब्याएन।

०००
थानकाेट, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x