साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मदिरा महाेत्सव

कविजी थाेरै पिउनुस् न ! थाेरै पिउँदा क्या हिम्मत दिलाउँछ। कविजी बल्ल जवाफ फर्काउनु हुन्छ । नेताज्यू जनताका रगत पिएर किन धाक लगाउनु हुन्छ ?

Nepal Telecom ad

करूण सुवेदी :

उहाँ भन्नुहुन्छ
कविजी ! थाेरै पिउनुस् न !
थाेरै पिउँदा पिउँ पिउँ लाग्छ ।
नेताज्यूकाे कुरा सुन्दा
हात घुमाएर दिउँ दिउँ लाग्छ ।
तैपनि उहाँ भन्नुहुन्छ
कविजी ! थाेरै पिउनुस् न !
थाेरै पिउँदा पिउँ पिउँ लाग्छ।

थाेरै तनक्क पारे ब्रह्माण्ड फनक्क घुमाउँछ ।
हेर्दै घर हल्लाउने बलवान् बनाउँछ।
हजुरलाई के थाहा कति दयालु बनाउँछ।
अर्काकL श्रीमतीलाई पनि मायालु बनाउँछ ।
आफ्नीलाई फेरि जङ्गली भालु बनाउँछ।
कविजी थाेरै पिउनुस् न !
कस्ताे रमाइलो बनाउँछ।

किन सुत्नु आलिसान बङ्गलामा बिस्तारामा
सडकका नाली र खाल्डामा आनन्द दिलाउँछ।
प्यास लाग्दा भैरवकाे सिपाही कुकुरज्यू आउँनुहुन्छ।
तिर्खायाै हाैला भन्नुहुन्छ,
जल चडाउँनुहुन्छ, जानुहुन्छ ।
हजुरलाई के थाहा कति सम्मान पाउनु हुन्छ।

के सुन्दरी हाेलान् अप्सराहरु
भट्टीका साहुनीले मन लाेभ्याउँछन्
गीत सुन्नुहुन्छ र ? थाेरै सुनाउँ ?
पिउँनासाथ नारायण गाेपालकाे आत्मा जागेर आउँछ
के नाच्थे माइकल ज्याकसन,
इत्ति पिउनुस् छमछमी नचाउँछ।
सारा संसार थर्काउने तागत दिलाउँछ।

कविजी थाेरै पिउनुस् न !
थाेरै पिउँदा क्या हिम्मत दिलाउँछ।
कविजी बल्ल जवाफ फर्काउनु हुन्छ ।
नेताज्यू जनताका रगत पिएर किन धाक लगाउनु हुन्छ ?

०००
थानकाेट, काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसे ल
युगल बसे ल
1 year ago

दमदार दनक

Nepal Telecom ad
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
1
0
Would love your thoughts, please comment.x
()
x