साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टोयलेट मोड़ (२०) 

आ-आफ्नो दुनो सोझ्याउने दाउमा कसैको लहलहैमा आएर हामीलाई टुक्राए पनि वा टुक्राउन खोजे पनि यो टेकबीर गुरूङ उर्फ टोयलेटबाबु कुनै राजनैतिक नेता नभए पनि विभिन्न जातका दिशालाई एक ठाउँमा मिलाउने काम गरेको छ।

Nepal Telecom ad

कृष्ण प्रधान :

(होश उड़ेको मुद्रामा) हो…हो…पक्कै हो….कोई ता ढल्यो। मेरो छोरो गगन ता होइन ? (एक्कासी चित्कार गर्दै) गगन…मेरो सुनको टुक्रा…बाबु,.. तलाईं गोली लाग्यो ? (दुगुर्दै प्रस्थान। टोयलेटबाबु र बले पनि नेपथ्यतिर दुगुरेर प्रस्थान)।

मञ्च अँध्यारो हुन्छ।

(स्थान र समय उही। टोयलेटभित्रबाट पत्रकार निस्केर सोझै हात धुन जान्छ… ।

पत्रकार : (पैसा दिँदै) यहाँ ता किसिम किसिमका मान्छेहरू आउँछन् होला हई ? एकार्कामा परिचय हुँदो हो। मेलमिलाप हुँदो हो। कति राम्रो ठाउँ हो यो।

बले : ऊ हो…पत्रकारहरूको सोंचाइँ अर्कै हुन्छ हो’कि। वाह…मैले मानें पत्रकार महोदयालाई।

टोयलेटबाबु : मिठो प्रश्न हजूरको। यसैकारण ता मेरो यो टोयलेटप्रति म अत्यन्तै गर्भवती भएको छु पत्रकार साहिबा।

बले : (हाँसेर भुतुक्क हुँदै) ए रात्तै! हन हाम्रो यो पहाड़मा के हुन आँट्यो नि लै…लै ।

पत्रकार : (छक्क परेर) किन ? के हुन आँट्यो र यहाँ ? (टोयलेटबाबु आफ्नो भुँड़ी मुसार्दै बलेको कुरा वाल्ल परेर सुनिरहन्छ ।

बले : (मरिमरि हाँस्दै) तिमीले के भन्यौ अघि….गर्भवती भयौ अरे !

टोयलेट बाबु : अँ…यस आई एम हण्ड्रेड गर्भवती। (पत्रकार लजाउँदै हाँस्छे…उता फर्केर)

बले : लु हेर्नोस् पत्रकार गुरूआमा…अब यो पहाड़मा भालेले अण्डा पारेकै बराबर भएन ? (हाँसेर भूइँमा लड़ीबड़ी गर्दै)

पत्रकार : (सामान्य मुस्कुराउँदै) होइन..होइन…उहाँको स्लिप अफ टङ भाको हो खासमा। उहाँले उनको यो टोयलेटप्रति गौरवान्वित हुनुभएको भन्नुभाको होइन ?

टोयलेटबाबु : हो नि! शु( भाषा बोलिदिएको नि…तर यो हाड़ नभाको जिब्रोले के भन्दा के हुन्छ। गर्ने के ? यहाँ जेभन्दा पनि हुन्छऋ जे बोल्दा पनि हुन्छ। पुर्पूरोमा गोली ठोक्छु भन्दा पनि भो… अनशन बस्छु तर लुकीलुकी डम्काउँछु भन्दा पनि भो।

पत्रकार : हो हो…भूलमा मिष्टेक भाको होला।

बले : ज्यादै शुद्ध बोल्दा पनि विशुद्ध भइन्छ नि ! एउटा उदाहरण राख्न सक्छु पत्रकार गुरूआमा ?

पत्रकार : (मुस्कुराउँदै) अवश्य सक्नुहुन्छ नि किन सक्नुहुन्न ।

बले : नेपाली भाषा मान्यता दिवसकै दिन मेरो साइकलको चक्काको हावा लिक भयो। साइकल डोऱ्याउँदै साइकल रिपेरिङ दोकानमा गएर भने, भ्राता! मेरो द्वयचक्रवाहनको अघिल्लो पहियाको वायु प्रस्थान भएको छ। तिम्रो वायुयन्त्रको सहायताले मेरो द्वयचक्रवाहनको अघिल्लो पहियामा वायुप्रवेश गराइदेऊ। (पत्रकार र टोयलेटबाबु हाँसेर भुतुक्कै हुन्छन्। उनीहरू हाँसिसकेपछि) साइकल दोकानमा बसेको केटोले भन्यो वायुयन्त्र छैन ता अङ्कल।

पत्रकार : (हाँस्दै) भाषा मान्यताकै दिन यस्तो भाषा किन बोल्नुपऱ्यो  ??

टोयलेटबाबु : को’नि पो अरे !

बले : भाषा दिवसको दिन स्वाङ् पार्देको नि ! अरे एउटै नेपाली पुस्तक, पत्र-पत्रिका नकिन्नो गुइँठेहरू भाषा मान्यता दिवसका दिन महासचिव, अध्यक्ष भएर भाषाको ठूल्ठूला कुरा गरी स्वाङ पार्छन् भने मैले त्यो दिन शुद्ध नेपाली बोल्दा के हुन्छ र होइन गुरूमा। स्वाङ पार्न ता पाइन्छ नि होइन र म्याम् ?

पत्रकार : अवश्यै पाइन्छ किन पाइँदैन ? यहाँ स्वाङ पार्नेले स्वाङ पारेरै मुलुक मारिसके।

बले : (प्रसङ्ग बद्लिँदै) जे होस् ..हामी यसकारण गर्वित छौ कारण हाम्रो यस टोयलेटमा नेपाली, बङ्गाली, बिहारी, मारवाड़ी, भोटे, लाप्चे, मद्रासी, फरेनर्स, चोर-गुण्डा, भ्रष्टाचारी, बलात्कारी, पुलिस-चोर, अफिसर-डाका, हब्सी, नेता, गरिब-गुर्बा सबै आउँछन्।

टोयलेटबाबु : आज हाम्रो जाति टुक्रिन थालिसेको छ। यो कुरो हामीलाई भन्दा पनि हजूरजस्ता महान् पत्रकार महोदयालाई राम्ररी थाहा छ। होइन ?

पत्रकार : एक्जेटली।

बले : यसबारेमा यहाँलाई भन्नौ पर्दैन नि ! मेमहरू भन्या आँ गर्दा अलङ्कार सब बुझ्ने हुन्।

टोयलेटबाबु : यहाँ चार जात छत्तीस वर्णका मानिस आएर दिशा बस्छन्। सबै जातका मानिसका दिशा एकै ठाउँमा थुप्रिन्छन्। त्यहाँ यो फलानु जातको, ढिस्कना जातको, अमुक बोर्डको, तमुक बोर्डको भएर सबै गुहूहरू अलग अलग छुटेका छैनन्। राजनैतिक नेताहरूले आ-आफ्नो दुनो सोझ्याउने दाउमा कसैको लहलहैमा आएर हामीलाई टुक्राए पनि वा टुक्राउन खोजे पनि यो टेकबीर गुरूङ उर्फ टोयलेटबाबु कुनै राजनैतिक नेता नभए पनि विभिन्न जातका दिशालाई एक ठाउँमा मिलाउने काम गरेको छ। यसैकारण म (अन्कनिँदै) ग…ग…गौ…गौ…

बले : (हतार-हतार) गौरवान्वित। त्यति मात्र होइन हजूर। यहाँ फरेनर्सहरू पनि आएर दिशा बस्ने हुनाले यहाँ थुप्रिएका दिशाहरू सबै नै अन्तरराष्ट्रिय भइसकेको छ।

टोयलेटबाबु : (गर्व गर्दै) इन्टरनेशनल।

पत्रकार : ठिक हो…ठिक हो। बट दिस इज भेरी सिरियस म्याटर टोयलेटबाबु भेरी सिरियस म्याटर।

टोयलेटबाबु : (गम्भीर भावमा) यी जात-जातका दिशाहरू मेरो टोयलेटको शकेटमा एउटै दिशाको रुपमा जमिएर बसे जस्तै हाम्रा जाति पनि कहिले एउटै भएर बस्लान्… हे महाकाल बाबा ! कहिले (रून थाल्छ)। पत्रकार महोदया ! हामी लादीभन्दा पनि गयगुज्रेका भइसक्या छौं…हामी मान्छे भएर मान्छेको लादी धरि बन्न सकेनन्। धिक्कार छ टुक्रिएर खण्डित…खण्डित हुने हाम्रो यो जातिलाई। (रूँदै घोप्टो पर्छ)।

पत्रकार : (टोयलेटबाबुको पिठ्यूँ थप्थपाएर उठाउँदै, रोदित मुद्रामा) तपाईंको भावना मैले बुझेँ । तपाईको यो व्यथा तपाई र मेरो मात्र होइन टोयलेटबाबु…बट…यो यहाँका हरेक व्यक्तिको व्यथा हो । तरै पनि हरेश खाएर हुन्न।

बले : सबैलाई एक पार्ने काम ता नेताहरूको हो’नि। नेताहरूले गर्लान् नि….. ।

टोयलेटबाबु : (एक्कासी झोंक्किएर) नेता ? कुन नेता ?? कहाँका नेता ??? यी नेताहरू मान्छेका भाँड़ा हुन् ? आफ्नो जातिलाई खण्डित खण्डित हुनबाट जोगाउने नेता खै यहाँ कहाँ जन्मेका छन् ?

क्रमश:

०००

सिलिगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x