साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिवेश

खरानी घसेका जुगुल्टा कसेका फलैँचा रुँगी धूर्त जोगी बसेका सुधी सन्त जस्ता सबै झट्ट हेर्दा मुडी हुन्न ज्ञानी नयाँ वस्त्र फेर्दा ।

Nepal Telecom ad

बिन्दु दहाल मूकदर्शक :

जतै जाल थाप्ने भए श्रेष्ठ मान्छे
अघाउन्न खाई अहो लुब्ध भान्से
सधैँ चाङ लाग्छन् समस्या हजार
म ता जान्न साथी छ चर्को बजार । १

पुरानै छ पारा पुरानै छ ढर्रा
उही ढाँट बोली भयो मित्र ठर्रा
इमानीहरूको जवानी लिलामी
हुँदा चुप्प बस्छौँ दिई झन् सलामी ।२

दुखीका अनेकौँ भए दर्द पीडा
धनी भोग्छ आनन्दले मस्त क्रीडा
सिटामोल किन्नै नसक्ने यहाँ छन्
उता राजधानी अकासिन्छ झन् झन् ।३

अँध्यारो छ नेपालको मानचित्र
सधैँ आँसु झर्दै रुने गेहभित्र
गने ती करोडौँ भए आजसम्म
भयो देश रोगी कुरा छन् अचम्म ।४

खरानी घसेका जुगुल्टा कसेका
फलैँचा रुँगी धूर्त जोगी बसेका
सुधी सन्त जस्ता सबै झट्ट हेर्दा
मुडी हुन्न ज्ञानी नयाँ वस्त्र फेर्दा ।५

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x