परशुराम पराजुलीचरित्र
घरपरिवार छोडेर विदेश जान मन त मलाई पनि कहाँ लागेको हो र । मास्टरको जागिर कति नै हुन्थ्यो र भन त ! अनि तिमी चाहिँ यहाँ किन ? कसैलाई बिदा गर्नुछ ?

परशुराम पराशर :
हरिहर हातमा पासपोर्ट र अन्य कागजात अनि अगाडि ट्रलीमा लगेजको भारी लिएर प्रस्थान लेखिएको ढोकाछेउको लाइनमा उभिएको देखेर पुराना साथी दयानन्दले भने,
“ए हरिहर ! तिमी विदेश जान लागेका ? विदेशमा दुःखको धेरै कमाइ गर्नुभन्दा आफ्नै देशमा सुखको थोरै कमाइ राम्रो भन्ने लागेन ? आफू त यहीँ बसिन्छ, यहीँ कामाइन्छ, थोरै भए पनि परिवारका साथ खाइन्छ ।”
कुनै समयमा युवाको विदेशपलायन रोक्नुपर्छ । युवाले नै हो देश बनाउने भनेर देशभक्तिको कुरा गथ्र्यो दयानन्द ।
“के गर्नु त यार ! यहाँको कमाइले पुर्याउनै सकिएन । घरखर्च, छोराछोरीको पढाइखर्च, बाआमाको औषधीखर्च कसरी धान्नु। घरपरिवार छोडेर विदेश जान मन त मलाई पनि कहाँ लागेको हो र । मास्टरको जागिर कति नै हुन्थ्यो र भन त ! अनि तिमी चाहिँ यहाँ किन ? कसैलाई बिदा गर्नुछ ?” हरिहरले भने ।
“म चाहिँ मेरो आफ्नै कन्सल्टेन्सीबाट चार जना केटाहरूलाई कोरिया उडाउन यहाँ आएको हुँ ।” दयानन्दले भने ।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest









































