साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमाबिनाको घर

आमा शान्त प्रशान्त सागर स्वयम् धर्ती तथा अम्बर आमाको मनझै विशाल जगमा अर्को कुरा के छ र आभाहीन खगोल शून्य नभ हो आमाबिनाको घर।

Nepal Telecom ad

रूद्र ज्ञवाली :

ओथारो गुंड ओत आश्रयथलो हो एक किल्ला घर
आमा हुन् यसकी कमान्डर रथी सर्वोच्च उन्नायक
जस्तो चन्द्रविना उजाड र फिका देखिन्छ खल्लो नभ
त्यस्तै लाग्दछ भान खन्डहरकै आमाबिनाको घर।

आमा भन्नु कतै क्षमा र करुणा आमा कतै चण्डिका
आमा व्योम निहारिका अरुणिमा ब्रम्हाण्डकी वन्दिता
आमा ज्ञान कलेज या मदरसा हुन् विश्वविद्यालय
खाली, रिक्त, अपूर्ण लाग्दछ सधै आमाबिनाको घर।

पाए सन्ततिले पुग्यो तर कुनै हुन्नन् निजी चाहना
खाए सन्ततिले छ तृप्त मन त्यो छैनन् कुनै तिर्सना
यो उत्सर्ग र प्रेम सम्भव कुनै सम्बन्धमा हुन्छ र ?
यस्तो लाग्दछ फूल हो रबरको आमाबिनाको घर।

आमाको मन हाँस्छ हर्षित बनी हाँसे भने सन्तति
आमाको मन रुन्छ व्याकुल बनी रोए भने सन्तति
यस्तो प्राञ्जल प्रेमभाव भवमा खोजी कहाँ मिल्छ र
यस्तो लाग्दछ भावहीन कविता आमाबिनाको घर।

आमा तीर्थ र धर्म कर्म सब हुन् गुम्बा तथा मन्दिर
आमा शान्त प्रशान्त सागर स्वयम् धर्ती तथा अम्बर
आमाको मनझै विशाल जगमा अर्को कुरा के छ र
आभाहीन खगोल शून्य नभ हो आमाबिनाको घर।

आमा वेद कुरान बाइबल या हुन् शास्त्र संवत्सर
आमा ख्रिष्ट यशोधरा भगवती अल्लाह या ईश्वर
आमा दृष्टि र चेतना जगतकी आमा धरा उर्वर
यौटा मन्दिर हो बिनागजुरको आमाबिनाको घर ।

०००
भैरहवा
सीमान्त स्वर (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
उसैकाे ओंठ सुक्दैछ

उसैकाे ओंठ सुक्दैछ

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x