साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य आधा भ्रम- (९)

मेरा प्रियजनहरुको अहिले मार्केट ह्वात्तै बढेको छ मात्र हैन नारायण सरले सोही खुसियालीमा फोन गरेर अंग्रेजीमा नै थर्काउँदै भन्नुभयो, "डिड यू सी माइ पावर ?"।

Nepal Telecom ad

अर्जुन दाहाल (क) :

अमेरिकी नेपाली समाज एक भएको कुरा कस्लाई मन पर्दैन र ! एन आर एन ए, पार्टीका गुट उपगुट, भौगोलिक र जातिय समूहमा बाँडिएका नेपाली एकाएक मेलमिलाप भएको छ। अमेरिकामा जहाँ जहाँ नेपाली छन् त्यहाँ त्यहाँ एउटा एकताको लहर आएको छ। त्यसकाे एक मात्र कारण हो डा. लम्साल।

डा. नवराज लम्साललाई रेडियोमा सुनेर न अघाएका, कितावमा पढेर तिर्खा नमेटिएका लाखौं अनुयायी तथा शुभ चिन्तकहरु अहिले उहाँलाई हेरेर/सुनेर आनन्द लिइरहेका छन्। रेडियोमा उहाँलाई सुन्न स्रोताहरु विद्यालय बन्द गरेर, कुटो कोदालो थन्क्याएर, नेताको भाषण सुन्न छोडेर आतुर हुन्थे। अहिले अमेरिकामा आफ्नै गाउँठाउँमा भेट्न पाएर प्रवासी नेपालीभाषी सबै मक्ख छन्,खुसी छन्।

लङ आइलेन्ड न्यू योर्कका मेरा मित्र राजनले स्वागत कार्यक्रमकै आयोजना गर्नुभयो, प्रिय भोला सिवाकोटीले केन्टुकीमा पुष्प गुच्छा सहित स्वागत मन्तव्य ठोक्नुभयो भने क्यालिफोर्नियामा प्रिय नारायण भट्टराईले स्वागत सम्मान कार्यक्रमको उध्घोषण गर्नुभयो। उहाँहरु तिनैजना मेरा प्रियजनहरुको अहिले मार्केट ह्वात्तै बढेको छ मात्र हैन नारायण सरले सोही खुसियालीमा फोन गरेर अंग्रेजीमा नै थर्काउँदै भन्नुभयो, “डिड यू सी माइ पावर ?”।

म सबैतिर आदरणीय दाइ डा. नवराज लम्सालको हाइहाइ देखेर मक्ख छु। भर्जिनिया निवासी आदरणीय दाइ नारायण अधिकारीले मसँग नवराज दाइसँग कुराकानी गराउने जिम्मा लिनुभएको यो लेख प्रकाशन हुँदासम्म ५६ घण्टा नाघिसकेको छ। बाँकी प्रतीक्षामा….

०००
(लेखक नुन चिनी पानी अमेरिकाका परिकल्पनाकार हुन् ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
0
Would love your thoughts, please comment.x
()
x