डिल्लीप्रसाद मूलतिहुनतमासा
जता जेसुकै होस् बिलौना गुनासो कसैले सुनायो भने उठ्छ हाँसो । उज्यालो बटुल्ने अँध्यारो दिने हो सुहायो अनौठा कुरामा हिडेको सबैले सकेको यसै गर्नुहोला तमासा गरेरै भुँडी भर्नुहोला ।

डिल्लीप्रसाद मूलतिहुन :
हिजोआज राम्रो तमासा गरेको
तमासा नगर्ने छ पासो परेको
दुखेसोसुखेसो नहेर्ने फिटिक्क
उहीँ देखिएको हमेसा चिटिक्क ।१ ।
डढेलोसँडेलो लगाएर गाउँ
भन्यो फाइदाका कुरा गर्न पाउँ
लुट्यो वा लुटायो भने हुन्छ बेस
सिधा कर्म गर्दा कहाँ बन्छ देश ।२ ।
कलेँटी परेका टुटेका फुटेका
नहेरौँ लडेका टुटुल्को उठेका
बिरामीसिरामी दयागर्नु हुन्न
यिनै नाम बेचौँ र थालौँ बटुल्न ।३ ।
गुनासोसुनासो कसैको नसुन्ने
भए सुन्नुपर्ने दुवै कान थुन्ने
जता जेसुकै होस् बिलौना गुनासो
कसैले सुनायो भने उठ्छ हाँसो ।४ ।
उज्यालो बटुल्ने अँध्यारो दिने हो
सुहायो अनौठा कुरामा हिडेको
सबैले सकेको यसै गर्नुहोला
तमासा गरेरै भुँडी भर्नुहोला । ५ ।
०००
चाँगुनारायण, भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































