साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जो आशलाग्दो उही जेठाजु

जो आशलाग्दो उही जेठाजु परिदिएपछि, सागर पनि खुम्चिएर नहर हुँदो रै छ।

Nepal Telecom ad

भाेजराज रेग्मी मुखाले :

जिन्दगीमा रहर पनि जहर हुँदो रै छ
त्यै जहर पिउँदै बाँच्ने रहर हुँदो रै छ।

मुखमा श्रीराम ! बगलीमा छुरा भएपछि
अभागीलाई कृपा पनि कहर हुँदो रै छ।

दाइँ गर्न खनखाँचो भएपछि के लाग्छ र !
बेलामौका बोको पनि बहर हुँदो रै छ।

बोल्नेकै पिठो बिक्छ, यहाँ जहिल्यै पनि
नराधमलाई न्याय मिल्ने ठहर हुँदो रै छ।

जो आशलाग्दो उही जेठाजु परिदिएपछि,
सागर पनि खुम्चिएर नहर हुँदो रै छ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
0
Would love your thoughts, please comment.x
()
x