साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देवकाेटा स्मृति

चित्तमा कोमल, शान्त, ज्ञानी थिए देवकोटा निकै, धेर दानी थिए लेख्दथे काव्य ती,बालखैमा पनि गर्दथे बात ती, काव्यमा नै भनी । गद्य वा पद्यमा, काव्य लेख्थे उनी बाबुको साहिँलो, सभ्य छोरो उनी लेख्दथे काव्य ती, सामुमा नै बसी छक्क पर्थे सबै, देवकोटा सखी ।

Nepal Telecom ad

दिलबहादुर चौधरी :

कल्पना माथमा, सिर्जना हातमा
ती जहाँ दौडिँदा, लेखनी साथमा
बाल रोगै थियो, काव्य त्यो कोरिने
वायुको वेगमा, कुञ्जिनी लेखिने

जन्म धोबी थलो, काठमाडौँ घर
वंश ब्रम्हा थियो, देवकोटा थर
पर्व दीपावली, जन्मिए रातमा
नाम लक्ष्मी भनी, राख्दिए खासमा

चित्तमा कोमल, शान्त, ज्ञानी थिए
देवकोटा निकै, धेर दानी थिए
लेख्दथे काव्य ती,बालखैमा पनि
गर्दथे बात ती, काव्यमा नै भनी

गद्य वा पद्यमा, काव्य लेख्थे उनी
बाबुको साहिँलो, सभ्य छोरो उनी
लेख्दथे काव्य ती, सामुमा नै बसी
छक्क पर्थे सबै, देवकोटा सखी

बाबुआमा हुँदा, साथ धेरै थियो
कष्ट भो जिन्दगी, अन्धकारै भयो
मृत्यु सन्तानको, सल्कियो वेदना
दुःख धेरै गरे, काव्यमा साधना

देशप्रेमी थिए, देश सेवा गरे
आज साहित्यको, ती जगेर्ना गरे
जाति भाषा रहे, बाँच्छ है संस्कृति
देवकोटा गरे, देशको उन्नति ।

०००
कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
0
Would love your thoughts, please comment.x
()
x