फित्काैली डटकमदेवकाेटा स्मृति
चित्तमा कोमल, शान्त, ज्ञानी थिए देवकोटा निकै, धेर दानी थिए लेख्दथे काव्य ती,बालखैमा पनि गर्दथे बात ती, काव्यमा नै भनी । गद्य वा पद्यमा, काव्य लेख्थे उनी बाबुको साहिँलो, सभ्य छोरो उनी लेख्दथे काव्य ती, सामुमा नै बसी छक्क पर्थे सबै, देवकोटा सखी ।

दिलबहादुर चौधरी :
कल्पना माथमा, सिर्जना हातमा
ती जहाँ दौडिँदा, लेखनी साथमा
बाल रोगै थियो, काव्य त्यो कोरिने
वायुको वेगमा, कुञ्जिनी लेखिने
२
जन्म धोबी थलो, काठमाडौँ घर
वंश ब्रम्हा थियो, देवकोटा थर
पर्व दीपावली, जन्मिए रातमा
नाम लक्ष्मी भनी, राख्दिए खासमा
३
चित्तमा कोमल, शान्त, ज्ञानी थिए
देवकोटा निकै, धेर दानी थिए
लेख्दथे काव्य ती,बालखैमा पनि
गर्दथे बात ती, काव्यमा नै भनी
४
गद्य वा पद्यमा, काव्य लेख्थे उनी
बाबुको साहिँलो, सभ्य छोरो उनी
लेख्दथे काव्य ती, सामुमा नै बसी
छक्क पर्थे सबै, देवकोटा सखी
५
बाबुआमा हुँदा, साथ धेरै थियो
कष्ट भो जिन्दगी, अन्धकारै भयो
मृत्यु सन्तानको, सल्कियो वेदना
दुःख धेरै गरे, काव्यमा साधना
६
देशप्रेमी थिए, देश सेवा गरे
आज साहित्यको, ती जगेर्ना गरे
जाति भाषा रहे, बाँच्छ है संस्कृति
देवकोटा गरे, देशको उन्नति ।
०००
कैलाली
Subscribe
Login
0 Comments
Oldest










































