साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देवकोटासरि !

चित्त चौडा हुने पूज्य छन् हुन् इसा हुन्न कोही महान् जातले मानिस । काण्ड हुन् वृक्षका काव्यका मञ्जरी छैन कोही यहाँ देवकोटासरि ।।

Nepal Telecom ad

उत्तम विचार :

देहमा दैव छन् मान यो चत्वर
छोड यात्री बनी धाउनै मन्दिर ।
दिव्य सन्देश छन् सिर्जनामाभरि
छैन कोही यहाँ देवकोटासरि ।।१।

भाव गङ्गा बनी बग्दथे निश्चल
सिर्जनामा डुबी चर्चिए पागल ।
जिन्दगी अर्पिए साधनामापरि
छैन कोही यहाँ देवकोटासरि ।।२।

यी महाकाव्यका जन्मदाता कवि
नित्य साहित्यको गर्दथे पैरवी ।
भेटिएछन् भने हाल दे ए चरी
छैन कोही यहाँ देवकोटासरि ।।३।

झ्याउरे छन्दमा छन् मुनाका कथा
भोटमा धाउने लाहुरेका व्यथा ।
खाउँला भन्दथे साग सिस्नोगरि
छैन कोही यहाँ देवकोटासरि ।।४।

चित्त चौडा हुने पूज्य छन् हुन् इसा
हुन्न कोही महान् जातले मानिस ।
काण्ड हुन् वृक्षका काव्यका मञ्जरी
छैन कोही यहाँ देवकोटासरि ।।५।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
uttam Bichar
uttam Bichar
10 months ago

हार्दिक आभार

Nepal Telecom ad
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
1
0
Would love your thoughts, please comment.x
()
x