साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्याराे भकाराे

सुन हे ! सुन फेरि सुन, राम्ररी सुन मेरा प्रिय आसेपासे दयँराले सुन हतार नगर तिमीहरू ! आर्यघाटले सलामी नपाई सफा हुँदैन भकाराे ढुक्क हाेऊ मित्रहरू म मेरै प्याराे भकाराेमा खुसी छु !

Nepal Telecom ad

डा. छायादत्त न्याैपाने :

अहङ्कारी आग्लाेमा उभिएर
अग्लिएकाे मान्छे म
वरिपरि हेर्नु छैन मैले
मेरा आँखा पर छन् सुदूर पर
मेरा घरले कति घरआँगनमा ओस भर्‍याे
हेर्नु बुझ्नु छैन मैले

मेरा गाेरुकाे बारै टक्का
मलाई नटेर्नेले पाउँछ धक्का
मुठीमा माटो उठाउनु छैन मैले
मलाई उभ्याउनु छ अग्लो खम्बा
टाँस्नु छ देखिने गरी अनुहार
कसले के भन्छ सुन्नु छैन मैले

मलाई गर्नुछ मेरो काम
गर्छु मैले जे भन्छ मनले
किन खाेज्नु मैले कहाँ छ जीवन ?
कति उज्यालो छ झाेपडी ?
नाप्नु छैन मैले

म आफै रमाउने हाे महलमा
खन्नु खाेस्रनु छैन माटो
बिउ राेप्ने रहर हाेइन मेरो
के खाँचो मलाई उत्पादन बढाउन
खानु छैन मैले मेरै बारीको साग
आयातमा गर्व गर्ने स्वाभिमानी
मान्छे म

हात थापेर खान्छु
थापेकै खुराकले माेटाउँछु
लाज मान्नु छैन मैले
म निर्धक्क माग्न सक्छु
हाे नि मागमै त कमाइ छ
फेरि चुनाव पनि जित्नु छ मैले
म देश बनाउने मान्छे

कसैले साँढे देख्छ मलाई
भकाराे खाली गर भन्छ
म त्यसका आँखाकाे शल्यक्रिया गराउँछु
तर मलमूत्र जति थुप्रिए पनि
कति प्याराे छ मलाई
भकाराे किलो र दाम्लाे
भकाराेमै रमाउँछु म

सुन हे ! सुन फेरि सुन, राम्ररी सुन
मेरा प्रिय आसेपासे दयँराले सुन
हतार नगर तिमीहरू !
आर्यघाटले सलामी नपाई
सफा हुँदैन भकाराे
ढुक्क हाेऊ मित्रहरू
म मेरै प्याराे भकाराेमा खुसी छु !

०००
पर्वत, हाल काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x