साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शासकीय प्रवृत्ति

देशका सम्पदा हेर्दै, गिद्धे दृष्टि लगाउँछन् । बिटा डलरका साट्न, आसेपासे खटाउँछन् । स्वदेशी व्यक्ति बेचेर, विदेशी पनि पार्दछन्। सोझा लुछ्‌न भनी आफ्ना, दाह्रा नङ्‌ग्रा पसार्दछन् ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

भोकले जनता दुख्छन्, नेता देश हसुर्दछन् ।
विकास शून्यझैँ लाग्छ, कुरा नित्य कथुर्दछन् ।।०१।।

छैनन् उद्योगधन्दा क्यै, भएका बेचिएपछि ।
निकाले काम जो गर्थे, भान्साको लत्रियो गति ।।०२।।

खेत‌बारी पनि छैन, सन्तान अश्रु झार्दछन् ।
पोख्दा यो दिलको दर्द, कुरा नेता बटार्दछन्।।०३।।

खान गाँस भए पुग्छ जुत्ता किन बनाउने ?
ओकल्छ लाज यो बोली केले हक जताउने ?०४॥

डुक्रन्छन् देशमा नेता, झेली छन् भ्रष्ट शासक ।
जनता कष्ट झेल्दा छन् , नेता उन्नति बाधक ॥०५।।

नागरिक स्वयम्‌ बेच्छन् , भन्छन्, देश म चालक।
जुकातुल्य बनी चुस्छन् भन्दै देश म पालक ।।०६।।

सकार कर्म देखिन्नन्, नकारतर्फ बढ्‌दछन् ।
दलाली पथमा हिँड्छन्, अपाच्य गन्ध छर्दछन् ।।०७।।

आफ्नै देश बसेका छन्, दलाल परका बनी।
विदेशीतुल्य मान्दा छन्, असली घरका धनी ।।०८।।

देशका सम्पदा हेर्दै, गिद्धे दृष्टि लगाउँछन् ।
बिटा डलरका साट्न, आसेपासे खटाउँछन् ।।०९।।

स्वदेशी व्यक्ति बेचेर, विदेशी पनि पार्दछन्।
सोझा लुछ्‌न भनी आफ्ना, दाह्रा नङ्‌ग्रा पसार्दछन् ।।१०।।

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२ , इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x