कविराज घिमिरेआमा नै हुन्…
जन्मे कोही योग्य कोही अयोग्य पार्छिन् एकै ज्ञान बाँडेर भव्य बाबा बन्छन् साँच्चिकै दुःखहर्ता आमा नै हुन् सृष्टिकर्ता विधाता ।।

कविराज घिमिरे :
पृथ्वीजस्तै खेप्तछिन् दुःख पीडा
फाल्छिन् एक्लै वेदनाका कचेडा
फोर्छिन् बाँझो बीजको हुन्छ नाता
आमा नै हुन् सृष्टिकर्ता विधाता ।। १
सम्मिन्छन् ती शैलका उच्च डाँडा
भाँच्ने गर्छिन् घोच्न सक्तैन काँडा
हुन्छिन् ज्यामी बन्न निर्माणकर्ता
आमा नै हुन् सृष्टिकर्ता विधाता ।। २
चल्दै आयो सिर्जना कल्प कल्प
पैदा गर्ने बाबुमा हुन्न शिल्प
ब्रह्माले नै काट्न थालेर कित्ता
आमा नै हुन् सृष्टिकर्ता विधाता ।। ३
आमा हुन्छिन् योग्य सन्ताननिम्ति
मायाँ कैयौँ रोप्तछिन् छैन गन्ती
साक्खै हुन् यी विश्वकी जन्मदाता
आमा नै हुन् सृष्टिकर्ता विधाता ।। ४
डाँडो गैह्रो सम्म पाखा पुगेर
लाएकी छिन् वृक्ष पर्याप्त हेर
खोज्छिन् आफ्नो दौँतरी ओढ्न छाता
आमा नै हुन् सृष्टिकर्ता विधाता ।। ५
जन्मे कोही योग्य कोही अयोग्य
पार्छिन् एकै ज्ञान बाँडेर भव्य
बाबा बन्छन् साँच्चिकै दुःखहर्ता
आमा नै हुन् सृष्टिकर्ता विधाता ।। ६
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest








































