साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शकुन्तला ढुङ्गेल स्मृति नियात्रा सम्मान रामप्रसाद अधिकारीलाई

महाकवि लक्ष्मीप्रसाद देवकोटाको एकसय सत्रौँ जन्मतिथिका अवसरमा रौतहटको चन्द्रपुरमा महाकवि देवकोटा जयन्ती भव्यतासाथ सम्पन्न भएको छ ।

Nepal Telecom ad

चन्द्रनिगाहपुर, राैतहट, २०८२ कात्तिक ४ आज शिवसावित्री प्रतिष्ठान नेपाल तथा बुढ्यौली साहित्य समाज रौतहट–सर्लाहीको संयुक्त आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एकसय सत्रौँ जन्मतिथिका अवसरमा रौतहटको चन्द्रपुरमा महाकवि देवकोटा जयन्ती भव्यतासाथ सम्पन्न भएको छ ।

कार्यक्रमको एउटा पाटामा नियात्रा विधाप्रति समर्पित बाराका नियात्राकार रामप्रसाद अधिकारीलाई ‘शकुन्तला ढुङ्गेल स्मृति नियात्रा सम्मान–२०८२’ समर्पण गरिएको छ ।

अधिकारीका ‘मेची—काली‘ तथा ‘उड्दै–गुड्दै–घस्रिँदै‘ नामका दुई नियात्रा कृतिहरू प्रकाशित छन् । यसै गरी सोही कार्यक्रममा मधेस प्रदेशका बुढ्यौली साहित्य समाजहरूमध्ये सबैभन्दा सक्रिय भएबापत महोत्तरीको कार्यसमितिलाई ‘सक्रिय बुसास सम्मान’ प्रदान गरिएको छ ।

कार्यक्रमको अर्को पाटामा रचना वाचन गरिएको छ । यस क्रममा लक्ष्मण आचार्य, घनश्याम पन्त, रामचन्द्र कुशवाहा, नारदप्रसाद काफ्ले, प्रेमकुमार घिमिरे, जीवन आचार्य, मोहम्मद, कमरुद्दिन नदाक, केदारप्रसाद सिग्देल, जनक दुलाल, प्रदीप धनञ्जय, सन्तोष दाहाल, रामआधार पासवान, नित्यानन्द कँडेल, दीपक श्रेष्ठ, पृथ्वीनारायण महतो, राजन साह बनियाँ तथा आयुष्मा अधिकारीले आआफ्ना रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा सम्मानित स्रष्टा रामप्रसाद अधिकारीले तथा उहाँका बारेमा शिवसावित्री प्रतिष्ठान नेपालका कार्यवाहक अध्यक्ष रमेशमोहन अधिकारीले बोल्नुभएको थियो । यसै गरी सञ्जय साह मित्र, शिवचन्द्र शाह, कृष्णप्रसाद दाहाल, हिमज्योति सुयाँल लगायतले साहित्यका बारेमा आआफ्ना धारणा व्यक्त गर्नुभएको थियो । सो कार्यकक्षमा लीलाराज दाहाल, शङ्कर भट्टराई, गीता सत्यालजस्ता साहित्यकार तथा साहित्यानुरागीहरूको उपस्थिति रहेको थियो ।

पचास जनाको उपस्थिति रहेको सो कार्यक्रमको सञ्चालन बुसास रौतहटका कोषाध्यक्ष रामप्रसाद आचार्यले र स्वागत सचिव किसुनदयाल यादवले गर्नुभएको थियो भने सभाध्यक्षता लम्बोदर काफ्लेले तथा प्रमुख आतिथ्य संस्कृतिविद् एवम् अनुसन्धाता पार्थमणि भट्टराईले गर्नुभएको थियो ।

कार्यक्रम जनएकता सामुदयिक वन चन्द्रपुर—४ को सभाकक्षमा भएको थियो ।

०००

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
रमेशमोहन अधिकारी
रमेशमोहन अधिकारी
7 months ago

हार्दिक धन्यवाद फित्कौली !

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x