साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झोले कवि

एक्लै डुल्छ कराउँदै वनबुटा खोल्सा किनारातिर ठण्डा खर्क पठार वा तरहरा तातो तराईतिर पापा खातिर आँ गरेर कहिल्यै झिक्दैन जिब्रो हरि सत्ता तागतका समक्ष शव झैँ लत्रिन्न झोले कवि ।

Nepal Telecom ad

शम्भु गजुरेल :

लेख्छन् लेखकले कथा समयका घोलेर सञ्जीवन
गर्छन् पाठकले समष्टिगतमा आलेखको चिन्तन
भाषा वर्ण सँगै विचार बहु छन् धेरै थरी छन् लिपि
सास्ती पर्वतको ब्यथा बगरको लेख्दिन्छ झोले कवि ।

अर्तीको भल ल्याउँछन् नहर झैँ सम्भ्रान्तले वाक्यमा
भित्री खेल चलाउँछन् चरणमा संलिप्तले तथ्यमा
मिथ्या शब्द तथा कराल वकमा चम्किन्छ धोत्रे छवि
बाटोका कणको विरक्त महिमा लेख्दिन्छ झोले कवि ।

आफ्ना चोर लुकाउने कलमका छारस्ट पार्दै लय
आफ्ना मालिकका झुकी पद छुने दासत्व गर्दै क्षय
लम्किन्छन् जसरी समान पथमा ब्रह्माण्ड पाल्ने रवि
मात्रै शोषितका कथा विनयले लेख्दिन्छ झोले कवि ।

तप्केको छ धुरी चुलो बरफ झैँ दुर्लक्ष आँखाहरू
लाठे देख्न नपाउँदा विरहमा निःशब्द पाखाहरू
टुक्कामा सरकार मस्त रममा झुल्ने विपक्षी लवि
देख्दा कर्कश शब्दले कपटता खोल्दिन्छ झोले कवि ।

एक्लै डुल्छ कराउँदै वनबुटा खोल्सा किनारातिर
ठण्डा खर्क पठार वा तरहरा तातो तराईतिर
पापा खातिर आँ गरेर कहिल्यै झिक्दैन जिब्रो हरि
सत्ता तागतका समक्ष शव झैँ लत्रिन्न झोले कवि ।

०००
नुवाकाेट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x