साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिहेको तिर्सना

अर्कालाई लुटेर ल्याएको पैसाले किनेका कुनै पनि सामानहरू धेर दिन फाप्दैन पापाजी । तपाईको यो लाठे छोरो पनि खै कहाँ फाप्यो र तपाईहरूलाई ? न ता जिब्रो ठेगानमा छ न ता मेरो शारीरिक बनावट नै मिलेको छ ।

Nepal Telecom ad

कृष्ण प्रधान :

पात्रहरू – रोजिता, साँपे, श्याम, गुरुजी ।

(दृश्य विवरण – साधारण घरको कोठा । घरभित्र लठेब्रो साँपेले घरभित्रका सामानहरू जताततै घुइँकाउँदैछ । बोतल, गिलास, ऐना छार्साम्-छुर्लुम फुटेको आवाज सुनिन्छ । छोरोको यस्तो उपद्रो सुनेर आमा रोजिता दगुर्दै कोठामा प्रेवेश।)

रोजिता – एई के गरेको यस्तो ? के भयो तलाईँ हँ साँपे ? हेर् सामानहरू लथालिङ्गै पारेको (छोरो साँपेलाई झक्झकाउँदै) के गरेको हेर ता ! सब बर्बाद पारिस् । जस्तो नाम त्यसै बेहोरा ।
साँपे – (गिलासको झटारो हान्दै) अन्त किन नाम साँपे लाखिदिएको ?
रोजिता – साँपजस्तो जिब्रो निकालबस्छस् अन्त साँपे नाम राखेको ।
साँपे– म तपाईको भुँड़ीभित्र हुँदा भक्कु साँप कसले हेर्नु भन्यो ?
रोजिता – अम्मुई कुरा आको हेर न यसलाई । यस्तो कुरा कसले भन्यो तँलाईँ ?
बाजे – बाजेले । कसले भन्छ ? (फेरि केही फ्याँक्छ)
रोजिता – (कराउँदै) नगर् न भनेको । (साँपेका बाबा श्यामको प्रवेश । कोठा लथालिङ्गै देखेर छक्क पर्छ) ।

श्याम– आमामा…रोजी के हो यो कोठाको गति ?!
रोजिता – तपाईकै छोरोलाई सोध्नोस् है ।
श्याम– चिया बनाएर ल्याऊ ल । मेरो छोरोसित बात गर्छु (प्रस्थान) । के गरेको छोरो तिमीले सबै बर्बाद पारेछौ । किन बाबा ?
साँपे – बिहे गर्नु नपाएकोमा विद्रोह ।
श्याम – (नम्र भएर) आई सी । हाम्रो छोरोको बिहै धुमधामले हुन्छ किन हुँदैन ? यो लकडाउनले गर्दा पो अहिले स्थगित गरेको बाबा ।
साँपे – के के लकडाउऩ ? तिमारको पोलटिस हो पोलटिस । (चिया लिएर रोजिताको प्रवॆश) ।

रोजिता – कस्तो कुरा गरेको हँ यसले ? नौ नौ महिनासम्म गर्भमा राखेर जन्माएको छोरोसित के भनेर पोलिटिक्स गर्नु बाबु । तँ के खान्छस् ? चिया, कफी ?
साँपे – खान्नँ केई पनि खान्नँ । धोका खाएरै डम्मै भइराको बेलामा अब के खानु ?
श्याम – धोका ता खा न भाइ कति खान्छस् । हेर् ता हामीलाई हाम्रै राजनीतिले कति धोका दियो र ता हामीले हरेश खाएका छैनौं । यसैले भाइ ! धोका खानु तर हरेश नखानु बुझिस् ? मन भुलाउनलाई स्याड् सङ्ग गाइदे न बरु मजस्तो (गाउँन थाल्छ)

उड़ी जाने पुतलीले सैलुङ काट्यो
तिम्रो माया पारती हाफेनजस्तो फाट्यो ।।

साँपे – (झोंक्किदै) के को हाफेन ? मेरो मुटु फाटेको कसले देखेको छ ?
श्याम – (फेरि गीत गाउँछ)

बन डढ़ेको सबले देख्छ
मन डढ़ेको कसले देख्छ ?

साँपे – (रिसिएर) त्यो बाहुन बाजेले गर्दा हो नि । भेटुँ मात्रै न । यस्तो फुलाइदिन्छु कि ।
श्याम – बाहुन बाजेलाई फकुण्डोजस्तो लाग्यो क्या हो ? बाजेको काँ फुकेर फुलाउँछस् ? (बाहुन बाजेको प्रवेस)
रोजिता – (अत्तालिँदै) अप्पुई ऊ गुरुजी आइपुग्नुभयो । प्रणाम गुरुजी । के लामो आयु हौ गुरुजीको !
गुरुजी – (प्रणाम ग्रहण गर्दै) हो ? के लामो आयु भन्नु कुन दिन कोरोनाले घ्वाप्पै पार्ने हो । (साँपे रिसले मुर्मुरिन्छ)
श्याम – प्रणाम गुरुजी । (प्रणाम ग्रहण) गुरुजी हाम्रो हिरो गन्गनेको गन्गनेकै छ है ।
गुरुजी – के कारण परो ?
रोजिता – उही ता हो गुरुजी बिहेको गन्गन ।

साँपे– अहिले होस् दशैमा बिहे गर्छु भन्दा तपाईले नै दशैमा मलमास परेको छ र कुनै हालत्मा पनि यो महिना बिहे ठामठिम पार्नुपर्छ भन्नुभएको होइन ?
गुरुजी– मेरी बास्सै ! अब यो महिना कोरोनाको वास झ्वाम्मै हुन्छ भनेरप मैले जान्या भा ता…
साँपे – सब बर्बाद भएन ?
गुरुजी – केई भा छैन । लकडाउनको बेलामा बिहे गर्दा मान्छे पनि त्यति आउँदैनन् । न प्रेजेण्ट नै उठ्छ ।
साँपे – प्रेजेण्ट किन चाहियो मैले स्वास्नी पाए भैगो ।
रोजिता – काँ प्रेजेण्ट हौ गुरुजी अचेल ता क्यास नि क्यास ।
श्याम – त्यसै र ता अचेल निम्तो पत्रमा नो प्रेजेण्ट लेखिएको हुन्छ ।
गुरुजी – सोह्रै आना सही । मनी इज हनी नो मनी इज रन्थनी भन्छ नि ।
साँपे – बिहे क्यान्सल भएर यो साँपे रन्थनेको चाहिँ कसले देख्ने ? गुरुजी तपाईका दाँत कतिवटा छन् ?
गुरुजी – (दाँत देखाउँदै) बत्तीसवटै फुल ।
साँपे – बत्तीसभन्दा धेर दाँत किन नभाको होला नि !
गुरुजी – दाँतको लागि गिजोमा बत्तीसवटा मात्रै सिट भएर नि ।

साँपे – अच्छा गुरुजी बाईचान्स गिजामा बत्तीसको ठाउँमा चौतीसवटा सिट भएको भए ?
गुरुजी – (मलिन तर गम्भीर स्वरमा) के हुन्थ्यो र केही हुन्नथ्यो । जीटीए वान र जीटीए टुजस्तो हुनेथ्यो ।
रोजिता – (प्रसङ्ग बदलिँदै) गुरुजी अब नानीको साइत कहिले होला ?
गुरुजी – लकडाउन सकिहालोस् न ।
साँपे – (झिँझेट मान्दै) ठैट लकडाउन लकडाउन । के को दिनरात लकडाउन ? हिजोअस्तिसम्म यो घरमा दिनरात यो घरमा नेताहरूको ब्याक बाइटिङ चल्थ्यो । अहिले फेरि लकडाउनको कुरा । वाक्कै भइसकेँ हौ ।
गुरुजी – हजुरका पिताजी विपक्षी नेता परेपछि सत्तामा आएका नेताहरूको जयगान गर्नुभएन क्यारे !
साँपे – (रिसाउँदै) कुन नेताले कान्छी ल्यायो, कुन नेता कोसित लाग्यो, कुन नेताले एबोर्सन गरायो, कुन नेताले हाम्रा चेलीबेटीहरूलाई सप्लाई गऱ्यो । वाट इज दिस ?
गुरुजी – गरे होलान् र ता कुरा निस्केका हुन् ।
साँपे – गर्नु चैं केही गर्नुसक्ने होइन है फेरि । गर्नु नै सक्छौ भने हाम्रा चेलीबेटीहरू तल मधेशतिर सप्लाई गर्ने कुलाङ्गारहरूलाई रेड ह्याण्ड समातेर नाङ्गोझार पार न । एउटा छोरोको बिहे गर्नु नसक्ने हुतिहारा (फेरि छेउमा भएका सामानहरू फ्याँक्न थाल्छ । बिहेको निम्ति ल्याइएका टाई सुट च्यातचुत पार्छ । स्थिति भयावह देखेर बाहुन बाजे टाप कस्छन् ) ।

रोजिता – चूप नकरा । तेरै बाबु पावरमा हुँदा सिण्टेक्सोभरि पैसा खाँदेकोकुरा निकाल्यो भने नि । नसोंची नबिचारी नबोल् । त्यतिबेला पचहत्तर पचहत्तर हजारको मोबाइल, पैतालिस हजारको आई प्याड अनि एक लाखको बाइक किन्ने को हो ?
साँपे – त्यसबेलाका महान् फेमोस् डेञ्जर्स नेताजीका उड़ाउपुत्र । त्यो ता मेरा महान् पापाजीको राजनैतिक दाउ, छल, बल, बुताको कृपाले हो ।
श्याम – त्यत्रा त्यत्रा महङ्गी सामानहरू स्वाहा पारिस ता ।
साँपे – अर्कालाई लुटेर ल्याएको पैसाले किनेका कुनै पनि सामानहरू धेर दिन फाप्दैन पापाजी । तपाईको यो लाठे छोरो पनि खै कहाँ फाप्यो र तपाईहरूलाई ? न ता जिब्रो ठेगानमा छ न ता मेरो शारीरिक बनावट नै मिलेको छ । न गरी खान सक्छु न मरी जान सक्छु । यो मुल्याहा जीवन लिएर जीवन बिताउनु ? (रुन्छ) याद राख्नोस् मेरो बिहे गरिदिनैपर्छ । इमिडियटली । नत्र तिमी पावरमा हुँदा लुटेर ल्याएक पैसाहरू कतिवटा सिन्टेक्शमा अनि कहाँ कहाँ लुकाएर राखेका छौं ती सबै फेसबुकमा अपलोड गरेर भाइरल गरिदिन्छु ।

श्याम – (कम्मरबाट पिस्तोल निकालेर) चूप ! अब पनि बोलिस् भने तेरो गिदी छिल्लीबिल्ली पारिदिन्छु । (रोजिता कहालिँदै पिस्तोल खोस्नपट्टि लाग्छे ) ।
साँपे – चलाउनोस् गोली । एउटा साँपे छोरो मर्दा केही हुन्न पापाजी । हे भगवान ! छक्का पञ्जाको राजनीति गर्ने भ्रष्टाचारी पापाको वीर्यबाट उत्पन्न भएका तमाम् छोराहरू गर्भमै तुहोस् । मर्नभन्दा अघि म बिहे गर्छु गर्छु एक गर्छु दुइ गर्छु तीन गर्छु । बिहेको तिर्सनाले मलाई काकाकुली बनाएको छ । (फेरि घरभित्रका सामानहरू घुइँकाउन थाल्छ । रोजिता प्राण परेर रुन्छे) ।

पर्दा खस्छ ।

000
सिलगड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नबोल्ने वरदान

नबोल्ने वरदान

कृष्ण प्रधान
खोचे थाप्नु

खोचे थाप्नु

कृष्ण प्रधान
…छँदैछु नि !

…छँदैछु नि !

कृष्ण प्रधान
माथि…

माथि…

कृष्ण प्रधान
नयाँ फास्ट फुड

नयाँ फास्ट फुड

कृष्ण प्रधान
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x