साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अधिकारको सदुपयोग

तिनीहरूलाई सुध्रिने मौका दिएर हामीले संरक्षण नगरे कसले गर्छ ? पहिलेदेखि चलिआएको आफ्नो राजनीति टिकाउने एउटा सूत्र यो पनि हो । आफूले पाएका अधिकारको सदुपयोग त गर्नै पर्‍यो नि !

Nepal Telecom ad

हेमराज पौडेल :

नेपालको कुनै ठूलो, पुरानो र शक्तिशाली भनिने राजनैतिक पार्टीका प्रभाववशाली केन्द्रीय नेता जिल्लाभ्रमणको सिलसिलामा आफ्नो जिल्लामा पुगेछन् । त्यहाँको औपचारिक कार्यक्रम सकेपछि अलिक टाढा पर्ने आफ्नो खास गाउँमा बास बस्न हेलिकोप्टर लिएर गएका रहेछन् । त्यहाँ वरपर ठट्टामा “छोटे नेता” भनेर चिनिने एकजना सोझा गाउँले नेता (जो उनै ठूला नेताको गुटका भित्रिया पनि थिए) ले आयोजना गरेको साँझको रमाइलो “चियापान”मा सामेल हुन पुगेका ती ठूला नेता र गाउँले नेताका बीच केही संवाद भएछ । त्यहाँ उनीहरूका २/४ जना खास कार्यकर्ता मात्र सहभागी थिए । उक्त नेताद्वयका बीच भएको सम्वाद तल लेखिएको जस्तै थियो रे…

गाउँले नेता – होइन हजुर हिजोआज सरकारले अध्यादेश भन्ने कानुन ल्याएर ठूला अपराधीलाई पनि छोड्ने योजना बनाएको छ रे । त्यसो भए एउटा ठूलै चोरीको मुद्दा लागेर जेल परेका हाम्रा तीनजना केटालाई पनि त्यही अध्यादेशको लर्कासर्कामा छोडिदिने कुरा मिलाउनुपर्‍यो । त्यो अध्यादेश भन्ने कुरा कतिबेला कस्तो सरकारले ल्याउन मिल्ने रहेछ त्यसको पनि जानकारी पाउँ न !

ठूला नेता – हेर्नोस् हिजोआज अध्यादेश भन्ने कुरा जुनसुकै सरकारले आफ्नो सजिलोको लागि जुनसुकै बेला पनि ल्याएर काम चलाउन मिल्छ । आवश्यक पर्दा जस्तासुकै ठूला अपराधीलाई पनि छोडिदिने व्यवस्था गर्न मिल्छ । तर त्यसमा खास कुरा के छ भने देश र जनताको लागि राजनैतिक क्रान्ति गर्ने उद्देश्यले त्यस्तो अपराधकर्म गर्नुपरेको भनेर क्रान्तिकारी राजनीतिको खोल ओढेको हुनुपर्छ । अनि आफ्ना त्यस्ता कुरामा आश्वासन दिएर, लोभ्याएर, ढाँटेर, फकाएर, जसरी भए पनि धेरै जनतालाई सहमत गराएको हुनुपर्छ । त्यसकारण अहिले तपाईंले भनेका ती केटालाई अध्यादेशबाट छुटाउन मिल्दैन । बरू पछि कुनै परिबन्द मिलाएर माफी मिनाहातिर लाग्ने उपाय गर्नुपर्ला । हेर्नोस्, देश चलाउन त्यति सजिलो छैन,अनेकथरीका तिकडम गर्नुपर्ने हुन्छ, उस्तै परे कुनै सद्दे कुरामा पनि झूटा मुद्दामा फँसाएको भनेर आफैँले २०/३० जना लाठे पाखुरे केटाकेटी सडकमा उफारेर भए पनि जनताको नाममा राजनीति गर्न सिक्नुपर्छ, कुरा बुझ्नुभो ?

गाउँले नेता – थोरै बुझेँ, धेरैजसो बुझिनँ ।
ठूला नेता – हेर्दै जानोस् र बुझ्दै जानोस् । हामी किन अपराधी छुटाउन बल गर्छाैँ भने त्यसमा पनि हाम्रो राष्ट्रिय उद्देश्य लुकेको हुन्छ । आखिर ती अपराधी पनि त यस देशकै जनता हुन् नि ! तिनीहरूलाई सुध्रिने मौका दिएर हामीले संरक्षण नगरे कसले गर्छ ? पहिलेदेखि चलिआएको आफ्नो राजनीति टिकाउने एउटा सूत्र यो पनि हो । आफूले पाएका अधिकारको सदुपयोग त गर्नै पर्‍यो नि ! ठूला नेताका यस्ता कुरा सुनेपछि ती सोझा गाउँले नेता र कार्यकर्ताले थप प्रश्न गर्न सकेनछन् । केही त अनुशासनको फन्दामा परिएला भन्ने डर पनि हुँदो हो । पछि आपसमा खासखुस गरेर यसो भन्थे रे “त्यसरी अपराधी छुटाउने राजनीति त गर्न नहुने हो, तर पार्टीको नीति नै यस्तै हो भने बोल्ने कुरै आएन, भैगो ठूला मान्छेका कुरै ठूला !”

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नाम छोट्याउने रहर

नाम छोट्याउने रहर

हेमराज पाैडेल
राष्ट्रियता र टोपी

राष्ट्रियता र टोपी

हेमराज पाैडेल
बैठके काजी

बैठके काजी

हेमराज पाैडेल
पाकेटमार

पाकेटमार

कृष्ण प्रधान
पर्यटकको परिहास

पर्यटकको परिहास

रामकुमार पाँडे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
आधुनिक सीता

आधुनिक सीता

रमेन्द्र काेइराला
जता मल्कु त्यतै ढल्कु

जता मल्कु त्यतै ढल्कु

रामप्रसाद अर्याल ‘अविराम’
फटा नीति सकियो

फटा नीति सकियो

वलदेव थापा
0
Would love your thoughts, please comment.x
()
x