साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सेवा

बुढा झन् जोसिएर उफ्रिए, “के को यिनीहरूले सेवा गरेका हुन् र ? अंशबण्डामा जजसले गर्छ उसैले पाउँछ भनी लेखेकोले पालैपालो आउँछन् अनि फेसबुकमा फोटो राख्छन् ।”

Nepal Telecom ad

पी पी कोइराला :

“लु यहाँ घाममा थेच्चिनु” अस्पतालको ढोकामै पुग्दा उसले झर्किँदै बुढामान्छेलाई पिँठ्युबाट ओरालेको देखेँ । बुढामान्छे मतिर हेरेर केही भन्न खोज्दै थिए ।
“के चाहियो अब फेरि घाम ताप्न छाडेर ?” ऊ बुढासँग रड्कियो ।
“पानी खाउँ न पानी ! धेर कराउँछस्, घरमा जस्तै ?“ बुढाले पनि हकारे ।

मैले हतार हतार पानीको बोतल दिँदै भने, “बा ! लिनु ।”
उसँग बोल्न खोज्दा तर्किँदै तर्किँदै पर गयो । तर बुढाले पानी पिइसकेर मसँग खुलेर धेरै कुरा बोले,
“पिसाबको पाइप खोल्न नसकेर गाउँको सानो अस्पतालले झण्डै मार्दिएको थियो । छ छ जना छोराछोरीहरू मध्ये कसैलाई पनि मेरो भोक, प्यास, निद्रा, पीडा, चिसो तातोको स्पष्ट ज्ञान छैन ।”

पचहत्तर नाघेका ती बुढाको गुनासो गजबको लाग्यो । अघि बाउ बोक्ने छोरोले गोप्य सबै ओकले भनेर बाउलाई आँखा पल्टाएर हेर्दै थियो ।
मैले उसलाई सुनाई सुनाई बुढालाई सम्झाउन खोजेँ, “बा ! छोराछोरीहरूले गरेको सेवालाई राम्ररी प्रशंसा पो गरिदिनु पर्छ ।”

बुढा झन् जोसिएर उफ्रिए, “के को यिनीहरूले सेवा गरेका हुन् र ? अंशबण्डामा जजसले गर्छ उसैले पाउँछ भनी लेखेकोले पालैपालो आउँछन् अनि फेसबुकमा फोटो राख्छन् ।”

०००
धरान

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राहुराज

राहुराज

पी पी काेइराला
एक महाराज

एक महाराज

पी पी काेइराला
आनन्दतन्त्र

आनन्दतन्त्र

पी पी काेइराला
श्रीचप्पलजुत्ताहरु

श्रीचप्पलजुत्ताहरु

पी पी काेइराला
मुसोलिनी

मुसोलिनी

पी पी काेइराला
भ्रमलोकको राजा

भ्रमलोकको राजा

पी पी काेइराला
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
सबै पाका मान्छे …

सबै पाका मान्छे …

चेवनचन्द्र बस्नेत
सबै पाका मान्छे…

सबै पाका मान्छे…

वेदप्रसाद रिजाल
0
Would love your thoughts, please comment.x
()
x