साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पोइ लागेन

मन छुने पत्रले हरपल छोई नै रह्यौ मायालु पत्रमा रम्दा कसैको हुँ पोइ लागेन ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

फोटो हेर्दा तिमीजस्ती अरु कोही लागेन
शब्द शब्द केलाउँदा त्यस्तो गोही लागेन ।

प्रेमको दुनियाँमा तिमी कलङ्क रहिछ्यौ
पैसाको लागि फसाउँने अर्कैको जोई लागेन ।

इमेलमा मलाई टुहुरी हुँ भनी पठायौ
नेपाल आउन पैसा माग्दा त्यस्तो ढोई लागेन ।

मन छुने पत्रले हरपल छोई नै रह्यौ
मायालु पत्रमा रम्दा कसैको हुँ पोइ लागेन ।

पैसा पाएपछि भने बेखबर तिमी बन्यौ
नपरुञ्जेल घात गन्हाउने मोही लागेन ।

०००
बेलका-२, सिद्धार्थटोल, उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x