साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘सम्मानको भोक’

तिर्खाले हरहरी भएको मनलाई एक गिलास चिसो जल बस् त्यो नै पर्याप्त हुन्छ के काम त्यो घाँटीमा किलकिले लाग्ने पिज्जा, बर्गर र बिरयानीको !

Nepal Telecom ad

प्रमोद भट्टराई ‘प्रतीक’ :

कति मीठो छ आव्हान !!
‘ज्येष्ठ नागरिकलाई सम्मान गरौँ !’
तर के साँच्चै सम्मानको
भोक लागेको छ के त उसलाई ?
हो ! ऊ नेता हुन्थ्यो भने
कुरो अर्कै हुनसक्थ्यो
सिङ्गारेर मञ्च बनाउनु पर्थ्यो
फूलै फूल सजाउनु पर्थ्यो
ऊ आउने बाटोमा
रातो कार्पेट ओछ्याएर
माला पनि लर्तरोले हुँदैन
निकै वजनदार हुनुपर्थ्यो ।

खैर त्यो त सास फेरुञ्जेलसम्म हो
त्यो पनि बन्द भइसकेपछि
टुँडिखेलमा
श्रद्धाञ्जली पुस्तिका राख्नुपर्थ्यो
हस्ताक्षर गर्नेहरूको
ओहदा र सङ्ख्या गन्नुपर्थ्यो
सभाको आयोजना गरेर
चाल्नोले झैँ चाली चाली
गुणको मात्र बखान गर्नुपर्थ्यो
त्यतिले मात्रै पुग्दैन
आर्यघाटमा पुर्‍याएर
तोपको सलामी चढाउनु पर्थ्यो
त्यो पो हो त ‘सम्मान’ भनेको !!

तर उ त एउटा
साधारण नागरिक मात्रै हो
मरेको भन्न पनि मिल्दैन
धुकधुकी चलिरहेकै छ
तर कसरी चल्दैछ
त्यो सरोकारको विषय नै हुँदैन
उमेरभरि नङ्ग्रा खियाएर
बलिष्ठ पाखुराहरू बजाएर
जिन्दगीका आरोह अवरोह पारगर्दै
बिचैमा कुनै दुर्घटना नभएको हुँदा
ज्येष्ठ नागरिकको सिँढीमा
उक्लिन भ्याएको हुन्छ
तर उसलाई ‘सम्मान’को भोकले होइन
‘सद्भाव’को तृष्णाले सताएको हुन्छ ।

तिर्खाले हरहरी भएको मनलाई
एक गिलास चिसो जल
बस् त्यो नै पर्याप्त हुन्छ
के काम त्यो
घाँटीमा किलकिले लाग्ने
पिज्जा, बर्गर र बिरयानीको !
स्वाद मानिमानी
जिब्रो फट्कार्नेहरूलाई नै
पुगीसरी आओस् त्यो ‘सम्मान’ ले
एउटा ज्येष्ठ नागरिकको लागि त
मीठो बोली वचन र व्यवहारले
देखाएको ‘सद्भाव’ नै पर्याप्त हुन्छ
त्यसैलाई जीवनको अहोभाग्य ठान्ने छ
आफू बाँचुञ्जेल सम्मलाई !!

०००
कौशलटार, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फलामको पुच्छर

फलामको पुच्छर

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
नयाँ नेपालको दौड

नयाँ नेपालको दौड

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
0
Would love your thoughts, please comment.x
()
x