साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

अहोरात्र पिउँदै रहनु मात्र जिन्दगी होइन, संसारमा खिइँदै रहनु मात्र जिन्दगी होइन, जिन्दगी खोज्दाखोज्दै हराएको छु स्वयं नै, संसारमा जिउँदै रहनु मात्र जिन्दगी होइन ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

१.
भोको पेट भर्न मात्र वृतान्तले पुग्दैन,
भोको पेट भर्न मात्र वेदान्तले पुग्दैन,
भोकोपेटले मचाउछ समाजमा उत्पात,
भोको पेट भर्न मात्र सिद्धान्तले पुग्दैन ।

२.
अवरोध हटाउनु पनि आफैमा श्रमदान हो,
हौसला बढाउनु पनि आफैमा रक्तदान हो,
दान नगरे पनि महादानी बन्न सक्छौं हामी,
जुठो नछाड्नु पनि आफैँमा अन्नदान हो ।

३.
अहोरात्र पिउँदै रहनु मात्र जिन्दगी होइन,
संसारमा खिइँदै रहनु मात्र जिन्दगी होइन,
जिन्दगी खोज्दाखोज्दै हराएको छु स्वयं नै,
संसारमा जिउँदै रहनु मात्र जिन्दगी होइन ।

४.
भोकोलाई भोजनको कहानी सुनाएर के हुन्छ,
मात्र बोलीवचनले मेहरबानी देखाएर के हुन्छ,
आगोलाई मखमलबाट छोप्ने प्रयास बन्द गर्नुस्,
माथि शेरवानी भित्र परेशानी लुकाएर के हुन्छ ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x