सूर्य चापागाईंसरकारमा उजुरी
हाम्रा घ्राण शक्ति तीव्र छन् को कस्तो छ सुँघेरै थाहा पाउँछौँ सावधिक क्रीडा गर्छौँ चारै प्रहर, बाहैकाल चाहिँदैन त्यसैले त कुकुर भन्न पाइँदैन ।

सूर्य चापागाईं :
सरकार !
सडक किनारामा
खुलमखुल्ला रतिक्रीडा
गर्दा कुकुरहरूले हामीलाई ढुङ्गा हाने,
यौनाङ्गमा लौरा बर्साएर
रगतपच्छे पारे ।
सरकार !
हामी तिनीहरूझैं,
लुकीलुकी बलात्कार गर्दैनौँ
सुहागरात मनाउन खर्च छुट्याउँदैनौँ
तर बफादार छौँ,
हस्तमैथुन गर्दैनौँ
लुगा लगाउँदैनौँ
तर सभ्य छौं ।
हाम्रा घ्राण शक्ति तीव्र छन्
को कस्तो छ सुँघेरै थाहा पाउँछौँ
सावधिक क्रीडा गर्छौँ
चारै प्रहर, बाहैकाल चाहिँदैन
त्यसैले त कुकुर भन्न पाइँदैन ।
यौनाङ्ग विकसित नभएका
बच्चाहरूलाई जबर्जस्ती गर्दैनौँ
गुप्ताङ्ग च्यातेर
रगताम्य हुने गरी घोच्दैनौँ
कोठा, पलङ, जङ्गल र उखुबारी खोज्दैनौँ
खुलेआम सडकछेउमा
चार खुट्टा टेकेर सम्भोग गछौँ
सरकार !
हामीलाई कहिले मान्छे घोषणा गर्छौं ?
०००
२०७५।०६
(सन्दर्भ : साउन ११, कन्चनपुर निर्मला पन्त हत्या)
Subscribe
Login
0 Comments
Oldest






































