बालकृष्ण खनालबिर्स्यौ हिजोका दिन
चाला छैन निको दलाल जनको सुन्छन् अरूका कुरा राजा आउ भनेर पो तमास गरछन्, उफ्रेर ती भ्यागुता। आऊ देश समाल ए युवक हो, हेरेर बस्छौ किन ? तोक्थे मुल्य सिधै बिरोध गरदा, बिर्स्यौ हिजोका दिन।

बालकृष्ण खनाल :
भन्थे जो हिजु मन्डले म हुँ भनी , झेले बने आज ती
गुन्डा साथ लिई गरेर लफड, गर्छन् सधै राज यी ।
थोरै बुद्धि विवक हुने जनसबै, तर्केर बस्छ पर
हाम्रो देश बिकास भएन नभनौ, यो चालले हुन्छ र।
आऊ राजनिती गरौ अघिसरी, थोरै बुझेका अब
जान्ने मानवले सरे पछिअघी अन्जान भाग्छन् सब।
थोरै लेखपढा हुने जनहरू, छोडेर जान्छौ किन
छोडी देश सबै गए मुलुकको, को गर्छ रक्षा भन।
के होला यसरी गए युवक के, सोचौँ त खै एकछिन
हाम्रो देश दलालको रणभुमी, होला कुनै त्यो दिन।
बेच्दैछन् बन सम्पदा मुलुकका, बेचेर खाए नदी
सुस्तालाइ निल्यो यसै गरिरहे, बाँकी रह्याे खै कति।
तिम्रो देश भयो उझाड बनझै, फर्केर आऊ छिटो
पिज्जाको भरमा परेर नबसौ, हाम्रै छ आँटो ढिँडो।
देला तागत ज्यनमा त बलियो, माटो खनी खाउँला
बेच्यो शासकले हुनेछ पछुतो, यो स्वर्ग काँ पाउँला।
चाला छैन निको दलाल जनको सुन्छन् अरूका कुरा
राजा आउ भनेर पो तमास गरछन्, उफ्रेर ती भ्यागुता।
आऊ देश समाल ए युवक हो, हेरेर बस्छौ किन ?
तोक्थे मुल्य सिधै बिरोध गरदा, बिर्स्यौ हिजोका दिन।
०००
टिकापुर, कैलाली
Subscribe
Login
0 Comments
Oldest






































