साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कालो गुलाफ र नाभिकमल

बरू उता, कता हो कता पौराणिक गाथामा सुनिएथ्यो र यतैकतै पनि देखियो रे नाभिकमल ! अब कालो गुलाफ र नाभिकमल समागम भए कस्तो पुष्प सृष्टि होला !

Nepal Telecom ad

कणाद महर्षि :

पहेंलो, नीलो, रातो, सेतो
अनेक रड, रडका
गुलाफी गुलाफ
देखाएर, हेरिने
प्रयत्न पनि
गरिन्थ्यो यदाकदा

तथापि
कति अस्पष्ट देखिन्थे, कति देखिन्नये
तर चाहेकोजस्तो कतै भेटिएन
भौंतारिएर खोजिरहेको बखत
अकस्मात देखियो बहुरङ्गी वागमा
कालो गुलाफ ।

जलाशय/पोखरी
दह/तलाउमा
फुलेको कमल
देखियो धेरैपटक
टिपियो पनि कहिलेकाहीं
रातो, सेतो, पहेंलो, आदि कमल

यता, जतासुकै पाइन्छ
कमल ! जल कमल,
थल कमल, इन्द्रकमल
तर जति चहारे पनि
कतै पाइएन
कालो कमल ।

बरू उता, कता हो कता
पौराणिक गाथामा सुनिएथ्यो
र यतैकतै पनि देखियो रे नाभिकमल !
अब कालो गुलाफ र नाभिकमल
समागम भए
कस्तो पुष्प सृष्टि होला !

०००
९८४१६२६६२६, चावेल काठमाडौं- ७
अभिव्यक्ति / पूर्णाङ्क २३०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x